"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको जगनाथ गाउँपालीकामा पानी छोएको भन्दै जातीय विभेद

No data was found

Khabar Raftar

जेठ ०९ बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर–३ जुड्डीमा होटलमा पानी छोएको निहुँमा दलित समुदायका बाल बालिकालाई जातीय विभेद गरिएको छ । स्थानीय होटल व्यवसायी बाँचा भण्डारीले पानी छोएको भन्दै गाली गलौज गरेर दलित समुदायका बाल बालिकालाई जातीय विभेद गरेकी हुन । वडा नम्बर ३ को बेर्ना गाउँका ३ जना बालबालिकालाई पानी छोएको भन्दै भण्डारीले जातीय विभेद गरेकी हुन ।

होटलकी साउनी भण्डारीले पानी छोएको भन्दै बालबालिकालाई सामाजिक रुपमा खलल पुर्याउने शब्द प्रयोग गर्दै गालीगलौज गरेको पीडितले बताएका छन् । जातीय विभेदका पीडित स्थानीय प्रेम विकले जगन्नाथ गाउँपालिकाको केन्द्र रहेको जुड्डीमा जातीय विभेद गरिएको बताए । ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रमेश रावलले बालबालिकाहरुले पानी पिएको र साउनीको छोरीलाई जिस्काएको भन्ने खबर आएको बताउदै यथार्थ कुरा बुझन दुबै पक्षलाई छलफलमा बोलाएको जानकारी गराए ।

घटना स्थलमा रहेका अन्य प्रत्यक्षदर्शी र दुबै पक्षसंग छलफल गरेर यथार्थ कुरा बुझ्ने उनले जानकारी गराए । जातीय विभेदका पीडित स्थानीय प्रेम विकले भने जातीय विभेद किन गरेको भनेर भन्दा भण्डारीको छोरी आमाको बचाउमा लागेपछि कान्छी तिमी नबोल बहिनी भनेको प्रतिक्रिया दिएका   छन् ।

जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कसुर र सजाय ऐन २०६८ पारीत भई सकेर जातीय भेदभाव तथ छुवाछूत (कसुर र सजाय) नियमावली २०७४ ले प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज वा अन्य कुनै नाममा उत्पत्ति जातजाति वंश समुदाय, पेशा,व्यवसाय र शारीरिक अवस्थाका आधारमा छुवाछूत तथा भेदभाव गर्न नहुने ब्याबश्था गरेको भए पनि जातीय विभेद बढ्दै गएको छ ।

नियमावलीले प्रत्येक व्यक्तिको समानता स्वतन्त्रता सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई पनि स्थापित गरेको छ । तर पनि जातीइ विभेदका पीडकहरुलाई कारबाही हुन नसकेको अबश्था छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा १२ मा समान व्यवहार गर्नुपर्ने ब्याबश्था गरिएको छ भने श्रम ऐन २०७४ को दफा ६ ले पनि भेदभाव गर्न नहुने ब्याबश्था गरेको छ । तर यी सबै प्राब्धानहरु हात्रीको देखाउने दात जस्तै बन्दै गएका छन ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ ले समेत कसैलाई निजको उत्पत्ति धर्म, वर्ण, जातजाति, लिङ्ग, समुदाय, पेशा, व्यवसायको आधारमा भेदभाव गर्न नपाइने ब्याबश्था गरेको छ । यती धेरै कानुनी ब्याबश्थाहरु हुदा हुदै पनि सदियौं देखि जातीय छुवाछूतको पीडा भोग्दै आएका दलित समुदायलाई राज्यले गर्ने ब्याबहार पनि कानुन विपरित रहेको छ ।

जातीय विभेदलाई संस्थागत टेवा दिने मनुस्मृतिलाई जस्ताको तस्तै समाज व्यवहारमा उतार्न खोज्ने जमातलाई राज्यले कानुनको दायरमा ल्याउन सकेको छैन । नीति र कानुनले मात्र जातीय विभेदको अन्त्य नहुने भएकाले कानुनलाई लागु गर्न जरुरी छ ।

संविधानले सामाजिक अपराधका रुपमा लिएको जातीय विभेद दलित समुदायले अहिले पनि भोग्दै आएका छन । सामाजिक प्रतिष्ठाको खोल ओढेर दलित समुदाय माथी हुने जातीय विभेदको अन्त्य गर्न कानुनको कार्यान्वयन गर्न आवश्यक छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो