"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीको बेहडाबाबा मन्दिरमा जेठ २१ गतेबाट गंगा दशहरा मेला लाग्ने

No data was found

Khabar Raftar

जेठ ०४ धनगढी । कैलालीको बेहडा बाबा मन्दिरमा जेठ २१ गतेबाट गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्ने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ रामपुरमा रहेको बेहडा बाबा मन्दिरमा जेठ २१ गतेबाट गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्ने भएको हो । मन्दिर व्यवस्थापन सेवा समितिका अध्यक्ष खेमबहादुर चन्दले हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्दै आएको बताए ।

बेहडा बाबा मन्दिरमा गंगा दशहराका बेला ठूलो सङ्ख्यामा भारतबाट समेत श्रद्धालुहरु दर्शनका लागि पुग्ने गरेको उनले जानकारी गराए । यस वर्ष जेठ २१ गते देखि २५ गते सम्म गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्ने जानकारी गराउदै उनले गंगा दशहरा पूजा तथा धार्मिक मेला सफल रूपमा सञ्चालनका लागि विभिन्न समितिहरु बनाइएको जानकारी गराए ।

बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समितिका सचिव वीरेन्द्र चन्दको संयोजकमा खानेपानी तथा विधुत व्यवस्थापन समिति गठन गरिएको बताउदै उनले समितिका सदस्य कृष्ण चन्द रानाको संयोजकमा मेस व्यवस्थापन समिति गठन गरिएको बताए ।

त्यसैगरी समितिका उपाध्यक्ष नरेन्द्र शाहको संयोजकमा मन्दिर पूजा तथा लाइन व्यवस्थापन समिति गठन गरिएको बताउदै उनले धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष रामलाल चौधरीको संयोजकमा अनुगमन तथा सुरक्षा व्यवस्थापन समिति गठन गरिएको जानकारी गराए ।

मन्दिर व्यवस्थापन समितिका सदस्य रमेशप्रसाद भट्टको संयोजकमा स्वयम् सेवक परिचालन समिति गठन गरिएको बताउदै उनले समितिका सदस्य तिलक बहादुर बोहराको संयोजकमा प्रचार प्रसार समिति गठन गरिएको बताए । बैठकले गंगा दशहरा मेला २०८२ लाई सभ्य बनाउन चार किल्ला निर्धारण गरिएको उनले जानकारी गराए ।

उत्तरमा इमली चोक (रामपुर) दक्षिणमा ब्युसाहा चोक तथा उर्मा जंगल, पूर्वमा कुण्डी टोल (घुरहा नदी) र पश्चिममा शिवगंगा नदी सीमा निर्धारण गरिएको उनले बताए । बैठकले तोकिएको चार किल्ला भित्र अस्थायी प्रकृतिका टहरामा माछा, मासु तथा मदिराजन्य पदार्थ विक्रि वितरणमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको उनले बताए ।

निर्णयको उलंघन गरेको पाइएमा व्यवसायीलाई १० हजार सहित सामान जफत र मेला क्षेत्रमा मादक पदार्थ तथा लागु औषध सेवन गरी झैझगा, होहल्ला गरेर माहोल बिथोल्ने क्रियाकलाप गर्नेलाई ५ हजार जरिवाना तोकिएको अध्यक्ष चन्दले जानकारी गराए । अध्यक्ष चन्दले गंगा दशहरा मेला–२०८२ लाई सम्पन्न गर्न सबैको साथ र सहयोगकोे आवश्यकता रहेको बताएका छन् ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो