खोलानाला अतिक्रमणको चपेटामा परेका कारण धनगढी उपमहानगरपालीका हरेक बर्ष डुबानमा पर्दै आएको छ । खोलानालाको अतिक्रमण हटाउने कुरामा पनि विभेद हुने गरेका कारण डुबानको समस्या यथावत रहेको छ । अतिक्रमण हटाउने नाम्मा धनगढी उपमहानगरपालीकाले विभेद गर्ने गरेको हो । उपमहानगर नगरपालीकाले अतिक्रमणमै विभेद गर्न थाले पछि खोलामा डोजर हालेर स्याबासी पाएका नगर प्रमुखले अहिले गाली पाउन थालेका छन ।
अतिक्रमणमा पनि विभेद हुन थाले पछि उनलाई भोट दिएर जिताएकाहरुले नै गाली दिन थाले पछि अतिक्रमणमा पनि गन्ध आउन थालेको छ । नाला माथी बनाइएका घरहरु भत्काउन नसक्नेले खोलामा डोजर हाल्नुको अर्थ रहदैन भनेर गाली दिन थालेका छन । खोलानाला भत्काउने उद्घोष गरेका धनगढी उप महानगरपालिकाका नगर प्रमुख गोपाल हमालले धनगढीमै नालामाथी बनेका घरलाई हटाउने प्रयास समेत गरेका छैनन ।
घरको तलबाट नाला बगीरहेको क्षेत्र अतिक्रमण होईन भने ठीकै छ होईन भने भत्काउनु पर्छकी पर्दैन नागरिकले जवाफ मागेका छन । टोलबासीहरुले अतिक्रमण हटाउन पटक पटक आग्रह गर्दै आएका छन । उनीहरुको कुरा नगर प्रमुखले नसुन्नु दुखद विषय हो । पहुच नभएका सर्बसाधरणका टहरा भत्काईएका छन । पैसा दिन नसक्ने भए अतिक्रमण हुने, हुनेखाने पहुचवाला र पैसाको विटो थमाउन सक्ने भए अतिक्रमण नहुने होइन होला ।
सरकार र कानुनका नजरमा सबै नागरिक समान हुन भने सबै भन्दा पहिले जनताले माग गरेको अतिक्रमण हटाउन जरुरी छ । सडक, कुलो, प्राकृतिक तालतलैया लगायत अतिक्रमणमा परेका क्षेत्र खाली गराउने लक्षय लिनु राम्रो काम हो तर अतिक्रमणमा पनि विभेद गरिनु दुखद विषय हो । सर्बसाधारणका घरै भत्काउने र बलीयाका बास्तै नगर्ने कार्यले अतिक्रमणमा विभेद देखिएको छ । अतिक्रमणमा परेका खोलानाला खाली गर्ने कार्यमा हाम्रो पनि ऐक्यबद्धता रहने छ । अतिक्रमण हटाउदा विभेद नगरौ भन्दै गलत कार्यका विरुद्ध खबरदारी निरन्तर जारी रहने छ ।

