"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बालविवाह अन्त्यका लागि धार्मिक अगुवाहरुसंग छलफल

No data was found

Khabar Raftar

जेठ ०२ बैतडी । बैतडीमा बालविवाह अन्त्यका लागि धार्मिक अगुवाहरुसंग छलफल गरिएको छ । बालविवाह रोक्नका लागि धार्मिक अगुवाहरुको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरुसंग छलफल गरिएको हो । बालविवाह न्यूनीकरणको क्षेत्रमा क्रियाशील संस्था परोपकार ग्रामीण विकास संघले बुधबार पाटन नगरपालिका वडा नम्बर–२ मा धार्मिक अगुवाहरुसंग बालविवाह न्यूनीकरणका बिषयमा छलफल गरेको हो ।

बालविवाह अन्त्यका लागि गल्स फस्ट फण्डको सहयोगमा कार्यक्रम सञ्चालन गरिरहेको संघले धार्मिक अगुवाहरुसंग अन्तरक्रिया र छलफल गर्दै आएको संस्थाकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् । समाजमा अझै पनि विभिन्न कारणले बालविवाह भइरहेकाले यसको अन्त्यका लागि धार्मिक अगुवाहरुसंग छलफल गर्ने गरिएको उनले बताइन् । बालविवाह अन्त्यका लागि धार्मिक अगुवाहरुको महत्वपूर्ण योगदान हुने बताउदै उनले बेला–बेलामा उनीहरुसंग छलफल गर्दै आइरहेको बताईन ।

छलफलमा सहभागी धार्मिक अगुवाहरुले पछिल्लो समयमा बालविवाह केही न्यूनीकरण भए पनि चुनौती भने कायमै रहेको बताएका छन् । भागी विवाहका कारण समस्या भइरहेकाले यसको नियन्त्रणका लागि पहल चाल्नुपर्नेमा उनीहरु एकमत भएका छन् । बालविवाह विकासको बाधक भएकाले आफूहरुले अहिले २० बर्षपछि मात्रै विवाह गर्न सुझाव दिने गरेको पाटन नगरपालीका वडा नम्बर–२ का गणेशसिंह ऐरले बताए ।

कम उमेरमै विवाह गर्दा जीवनभरी समस्या हुने भएकाले बालविवाह नगर्न आफूहरुले सल्लाह दिने गरेको उनले बताए । बालविवाह समाज विकासको बाधक भएकाले यसको अन्त्यका लागि सबै पक्ष लाग्नु पर्नेमा पाटन नगरपालिका वडा नम्बर–२ का अध्यक्ष महेशप्रसाद पन्तले बताए । बालविवाह सबैको सरोकारको बिषय भएको बताउदै उनले यसको अन्त्यका लागि सबै जुट्नु आवश्यक भएको बताए ।

परोपकार ग्रामीण विकास संघले पाटन नगरपालिका वडा नंम्बर २ र ६ मा बालविवाह न्यूनीकरण र किशोर किशोरीहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष लोकेन्द्रप्रसाद पन्तले बताए । किशोर किशोरीहरुको समग्र विकासमा बालविवाहले असर पार्ने भएकाले बालविवाह अन्त्यका लागि सबैले जुट्नुपर्ने उनले बताए । मुलुकी देवानी संहिता २०७४ ले हाल महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी गरेको विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ ।

साथै तोकिएको उमेर नपुगी बालविवाह गर्ने तथा गराउने दुवै पक्षलाई तीन वर्षसम्म कैद र तीस हजार सम्म जरिवानाको सजाय तोकिएको छ । मुलुकी देवानी संहितामा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर तथा प्रारम्भ देखि नै अमान्य हुने व्यवस्था भए पनि पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् । यसले विभिन्न जटीलताहरु देखापरेका कतिपय सरोकारवालाहरुले बताएका छन् । त्यसैगरी कानुनले तोकेको उमेर नपुगी पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेको भए पनि सोही कारणले पुरुष र महिलाबीच स्वतः विवाह भएको नमानिने समेत उल्लेख छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो