भनिन्छ नियम कानुन सबैका लागी समान हुन्छ । तर नियम कानुन सबैलाई समान भएको अहिले सम्म देख्न र महशुष गर्न सकिएको छैन । पहुचमा भएकाहरुलाई नियम कानुन मीच्दा पनि कानुन नलाग्ने सर्बसाधारणले सामान्य गल्ती गर्दा पनि कानुन लाग्ने भएकाले कानुन सानका लागी मात्रै बनेको सर्बसाधारणलाई आभाष हुने गरेको छ । अहिले बन क्षेत्र सबै भन्दा बढी पहुचमै भएकाहले मास्दै आएका छन ।
सर्ब साधारणले सामान्य सुको दाउरा ल्याउदा समेत सजाय गराउने निकाय जंगल भित्र वडा कार्यालय, मन्दिर र संघसंस्थाका घरहरु निर्माण हुदा समेत चुप लागेर बसेको छ । सम्बन्धीत निकाय मौन बस्नु भनेको ठुलालाई चैन हुनु हो । सानाले जमीन खोस्र पनि कानुन लाग्ने र ठूलाले बन क्षेत्र भित्र घर बनाउदा पनि कानुन नलाग्ने अबश्था छ ।
डिभिजन वन कार्यालय धनगढी पनि सत्ता र शक्तिको अगाडी मुकदर्शक बनेको छ । अत्तरीया उद्योग बाणीज्य संघले जंगल मीचेरै बनाएको छ । अन्य भौतीक सम्रचनाहरु पनि निर्माण भएकै छन । तर डीभिजन बन कार्यालयले केही गर्न सकेको छैन । सर्बसाधारणले सानो झुपडी लगाएर बस्दा अतिक्रमण देख्ने डिभिजन बन कार्यालयले सामुदायिक बनका नाम्मा मनलाग्दो काम गर्न दिने र जंगल भित्र ठड्याइएका महलहरुलाई अतिक्रमण नदेख्ने कार्य नै निन्दनीय छ । कानुन सानाका लागी मात्र भएको पुष्टि गर्ने प्रमाण हो ।
वर्षेनि विभिन्न संघसंस्था र व्यक्तिको नाममा वन क्षेत्र मासीदै सम्रचना बन्दा पनि अतिक्रमण नदेख्ने सम्बन्धीत कार्यालयले भूमीहीन सुकुम्बासी सडक किनारामा बसेका बादी समुदायलाई अतिक्रमणकारी देख्नु सानालाई ऐन ठुलालाई चैन भएको प्रमाणीत हुनु हो । कानुन सबैका लागी समान हुन जरुरी छ । सानालाई ऐन र ठुलालाई चैनको अबश्थाको अन्त्य गर्न जरुरी छ ।

