कञ्चनपुरको शुक्लाफा“टा आरक्षलाई विस्तार गर्दा हटाइएका आरक्ष पीडितहरुको अहिले सम्म समस्या समाधान हुन सकेको छैन । पीडितका समस्या समाधानका लागि पटक पटक आन्दोलन र मागहरु ज्ञापन पत्र बुझाउने काम भएका भए पनि अहिले सम्म उनिहरुका समस्या समाधान नगरिनु दुखद विषय हो । सरकार उनिहरुका समस्या प्रति जवाफदेही बन्न नसक्नु हो ।
शुक्लाफा“टा आरक्ष पीडितहरुले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार लगायत सम्बन्धीत निकायमा ज्ञापन पत्र बुझाएका भए पनि समस्याको समाधान नहुनु दुखद विषय हो । पीडितहरुलाई क्षतिपूर्ति सहितको व्यवस्थापन गर्न र बनेको आयोगलाई अधिकार सम्पन्न बनाउन जरुरी छ । आरक्ष पीडितहरुका समस्या दीर्घकालीन रुपमा समाधान गर्न जरुरी छ ।
पटक पटक बनेका आयोगहरुले काम गर्न नसके पनि आयोगले उनिहरुका समस्या समाधान गर्नेगरी योजना बननाउन जरुरी छ । परिवारको संख्याका आधारमा खान पुग्ने गरि जग्गा उपलब्ध गराउन आवश्यक छ । २०३१ सालमा स्थापना गरिएको शुक्लाफा“टा राष्ट्रिय निकुञ्जको २०३७ सालमा क्षेत्र विस्तार गर्दा विश्थापीत भएका आरक्ष पीडितहरुले अहिले सम्म क्षतीपुर्ती नपाएको विषयमा छानविन हुन जरुरी छ । जमीन उपलब्ध गराउन नसके परिवार संख्या अनुसार जमिन खरिद गर्न चलन चल्तीमा रहेको दररेटको आधारमा नगद रकम उपलब्ध गराउन आवश्यक छ ।
जेसुकै होस जसरी होस पीडित परिवारलाई जीवन निर्वाह गर्न हुने गरेको कठिनाइलाई मध्येनजर गर्दै उनिहरुको ब्याबश्थापन गर्न जरुरी छ । उनिहरुले भोग्दै आएको पीडाबोधको अन्त्य गर्दै रोजगारीको व्यवस्था गर्न जरुरी छ ।
रोजगारी दिन आवश्यक छ । क्षती पुती दिन नसकेको अबश्थामा सरकारले गम्भिर भएर उनिहरुको पीडामा मलम लगाउन जरुरी छ । आरक्ष पीडितहरुका समस्या समाधान गर्न जरुरी छ ।

