मानव स्वाश्थ्यसंग आजकाल खेल्बाड हुदै आएको छ । प्राय तरकारीमा विषादीको बढ्दो प्रयोगले मानव स्वाश्थ्यसंग बढी खेल्बाड हुदै आएको छ । उत्पादन बढाउने र कमाउने होडमा मानव स्वाश्थ्यसंग गरिने खेल्बाडको अन्त्य हुन जरुरी छ । विषदीयुक्त तरकारीका कारण मानीसहरु रोगी बन्दै गएका छन । खासगरी भारतबाट नेपालमा आएर बगरमा तरकारी खेती गर्ने भारतीय नागरिकहरूले बढी विषादी गरेर तरकारी उत्पादन गर्ने गरेको पाइएकाले यस्ता कार्यहरुमा निगरानी गर्न जरुरी छ ।
निगरानी मात्र नभई यस्ता कार्य गर्नेलाई फरी कहिले नगर्ने गरी कारबाही गर्न जरुरी छ । कैलालीको धनगढी उपमहानगरपालिका र कैलारी गाउ“पालिका क्षेत्रका नदी बगरमा उत्पादन गरिएका तरकारीमा अत्याधिक खान नमील्ने विषादी भेटिएको छ । केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष विश्लेषण प्रयोगशाला एकाइ, अत्तरियाले गरेको परीक्षणमा लौका र करेलामा अत्याधिक विषादी भेटिएकाले यस्ता कुराहरुमा सम्बन्धीत निकायले समयमै सचेत गराउन जरुरी छ ।
यस्ता तरकारीहरु नष्ट गरेर मात्र नहुने भएकाले कारबाहीको दायरामा ल्याउन जरुरी छ । धनगढी उपमहानगरपालिका वडा नम्बर–१५ कनरीको खुटिया नदी बगरमा असफाकले उत्पादन गरेको करेलामा समेत अत्याधिक विषादी भेटिएको छ । भारतीय नागरिकले उत्पादन गरेको करेला उपभोग गर्न अयोग्य रहेको पुस्टि भए पनि कतीपय नागरिकले त्यही करेला खाईकेको अबश्था छ ।
त्यसत तरकारीहरुले मानव स्वाश्थ्यमा गम्भिर असर पारीरहेको छ । किसानहरूलाई विषादी प्रयोगको मात्रा, विषादी प्रयोग गरेपछि केही दिन तरकारी तथा फलफूल बजारमा नपठाउने जस्ता विषयमा जानकारी गराउन जरुरी छ । तरकारीमा विषादीको प्रयोग बन्द गरिनु पर्दछ ।
गर्नै पर्ने भए विषादी खरिद गर्दाको समयमा पूर्ण जानकारी लिन आवश्यक छ । नदी किनारामा गरिने बगर खेतीमा अत्याधिक विषादी प्रयोग हु“ने गरेकाले भारतीय नागरिकले यस्ता कार्यहरु बनद्य गर्न जरुरी छ । ब्यापार ब्याबसाय मात्र मुख्य कुरो नभई मानव स्वाश्थ्य मुख्य कुरो हो भनेर बुझन जरुरी छ ।
खाने कुराहरुमा विषादीको प्रयोग बन्द गर्नेगरी सम्बन्धीत निकायले काम कारबाही गर्न जरुरी छ । कमाउने उदेश्यले मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गर्न जरुरी छ ।

