कालीकोटको माल्कोटमा जनदमनका लागि पुगेको प्रहरीको हतियार खोसेर नेकपा माओबादी पार्टीलाई बुझाउने महिलाहरुको सम्मानमा हरेक बर्ष माल्कोटमा विरता दिवस मनाउने गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी कालिकोट र नेकपा (माओवादी केन्द्र) नरहरिनाथ गाउ“ कमिटीको संयुक्त आयोजनामा मंगलवार शेरापाटामा २७ औं वीरता दिवस मनाईएको छ ।
आज भन्दा २७ बर्ष अघि २०५४ साल चैत्र २६ गते कुमालगा“उ प्रहरी चौकीबाट माओवादी खोज्दै जनदमनका लागि माल्कोट पुगेको प्रहरीमाथि महिलाहरुले संगठित रुपमा प्रतिरोध गरि हतियार खोसेको दिनको सम्झनामा विरता दिवस मनाउने गरिएको छ । महिलाहरुले खोसेको हतियार तत्कालिन जनयुद्ध लडिरहेको नेकपा (माओवादी)लाई बुझाइएको थियो ।
उक्त प्रतिरोधका क्रममा एक जना पुरुष राईले विक, ५ जना महिला पुना विक, मनसरा विक, विजा विक, प्याउकली विक र गोरिकला विक सहित ६ जना प्रहरीको गोली लागि घाईते भएका थिए । घटनामा कोटवाडाका काली वहादुर विक सहिद भएका थिए । प्रहरीलाई माल्कोटको विथोल्डा“डावाट घरेलु हतहतियारले प्रतिरोध गर्दै रहगाड हुदै चिउरी मेला लिएर ओढारमा कैद गरेका थिए । ओढारमै आगो लगाएर ३ जना प्रहरीको हत्या समेत गरेका थिए भने अरु बेपत्ता भएका थिए ।
सोही घटनामा सहभागी भएका साहसी घाईते महिलाहरुमा पुना विक,मनसरा विक र विजा विक अहिले पनि जीवित रहेका छन । उनीहरुलाई २७ औ विरता दिवसमा दोसल्लाह ओढाएर मायाको चिनो तथा कदर पत्र दिएर सम्मान गरिएको छ । घटनाका अन्य घाईतेहरु प्याउकली विक र राईले विकको निधन भईसकेको छ ।
घटनाका अर्का घाईते महिला गोरिकला विक भने ०५५ साल असार ९ गते देहडुमाडुमा प्रहरीले गरेको सामुहिक हत्याकाण्डमा सहिद भईसकेकी छिन । घाईते महिलाहरुको वीरता र साहसको उच्च सम्मान गर्दै परिवारका सदस्यहरुलाई दोसल्लाह ओढाएर कदर पत्र तथा मायाको चिनो प्रदान गरिनुले त्यो ऐतीहासिक दिनको महत्वबोध गराएको छ ।
जनयुद्धबाट प्रँप्त उपलब्धीहरु पनि एक पछि अर्को गर्दै नामेट गर्ने षडयन्त्र भई रहेको अबश्थामा महिलाहरुले देखाएको विरताको सम्मान गर्न जरुरी छ । माल्कोटका महिलाहरुले देखाएको विरताको गाथा कोरिन आवश्यक छ । जनयुद्धका उपलब्धीहरुको हामी सबैले रक्षा गर्न जरुरी छ ।

