जनताले सहज रुपमा उपचार सेवा पाउन भन्ने उदेश्यले सरकारले सुरु गरेको स्वाश्थ्य विमा प्रभाबकारी हुन सकेको छैन । स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको लामो समय पुगी सकेको भए पनि अहिले सम्म प्रभावकारी नहुनुमा सरकारकै कमी कमजोरीहरु रहेका छन । उपचार बाफतको रकम सम्बन्धीत अस्पतालमा विमा कम्पनीले जम्मा नगरे पछि सेवा पाउन नसक्ने अबश्था छ ।
नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास बोर्डमार्फत् २०७२ साल चैत २५ गतेदेखि कैलालीबाट आरम्भ गरेको स्वास्थ्य बीमा कार्यक्रम देशभर विस्तार गरिएको भए पनि यसलाई प्रभाबकारी बनाउन सकिएको छैन । सुरुमा स्वास्थ्य बीमा कार्यक्रम प्रति आकर्षण बढेको देखिए पनि अहिले घटेदै जानुमा सरकारकै कम्जोरी देखिदै गएको छ ।
नविकरण गराउने बीमितको संख्या समेत कम हुदै गएको छ । स्वास्थ्य बीमा कार्यक्रम अनुसार उपचार पाउन नसकेका विमीतहरुले औषधी समेत नपाएको अबश्था छ । स्वाश्थ्य विमा कार्यक्रम राम्रो भए पनि सेवाग्रहीले सेवा नपाउदा यसको लोकप्रीयता कम हुदै गएको छ । स्वाश्थ्य विमा प्रति आर्कषण बढाउन औषधी सहज रुपमा पाईने ब्याबश्था मीलाउन जरुरी छ ।
सेवा प्रदायक संस्थाहरुको विल समयमै चुक्ता गरी सेवाग्राहीलाई सहज रुपमा सेवा पाउने ब्याबश्था मीलाउन जरुरी छ । स्वाश्य विमाको रकम नपाएको गुनासो आउने गरेका छन । कतीपय अस्पतालहरुलदे केही दिन सम्म सेवा बन्द समेत गरेका थिए । सेती प्रादेशिक अस्पताल र गेटा आखा अस्पतालले समेत सेवा दिन बन्द गरेका थिए । अहिले दिदै आएका छन ।
यस्तो अबश्थामा सरकारले स्वाश्थ्य विमा कार्यक्रमलाई सहज र सरल बनाएर अगाडी बढ्न जरुरी छ । कार्यक्रम राम्रो छ, सेवा उपलब्ध गराउने अस्पतालहरुले सेवालाई सहज रुपमा प्रदान गर्न जरुरी छ । सबै खाले औषधी अस्पतालमै उपलब्ध गराउन जरुरी छ ।
अतिविपन्नलाई प्रिमियम शुल्क समेत निशुल्क रहेको स्वास्थ्य बीमामा नागरिकलाई आवद्ध गराई प्र्रभावकारी रुपमा कार्यान्वयन गर्न जरुरी छ । स्तरीय उपचार सुविधा नपाउने भएकाले घटदै गएको बीमाप्रतिको आकर्षण बढाउन जरुरी छ ।

