शुक्रबार ‘राजावादी आन्दोलन’का नाममा निस्किएको अराजक, उच्छृंखल र असंयमित जत्थाले गरेको आगजनीमा एक जना होनहार पत्रकारको मृत्यु भएको छ । उनको यो हत्या नै हो भनेर ठोकुवा गर्न सकिन्छ । हरेक व्यक्तिलाई राजनीतिक अभ्यास गर्न, शासनमा पहुँच बनाउन र जनमत आर्जन गर्न लोकतन्त्र र नेपालको संविधानले अधिकार दिएको छ । तर बोल्न पाईन्छ, आन्दोलन गर्न पाइन्छ भनेर उच्छृंखल हरकतहरु गर्न भने पाईदैन ।
शान्तिपूर्ण रुपमा प्रदर्शन र आन्दोलन गर्न पाईने भए पनि राजाबादीहरुको आन्दोलनले संविधानलेदिएको अधिकारको दुरुपयोग गर्नुकासाथै मानवता विरोधी कार्य गरेको छ । सुरक्षामा खलल नपुग्ने किसिमका गतीविधीहरु गर्न पाईदैन । तर लोकतान्त्रिक पद्धतिका विरुद्ध कानुन भन्दा बाहीर गएर अराजक गतीविधीहरु भएका छन ।
पत्रकार सुरेश रजकलाई आगो लगाएर हत्या गरिएको छ । महिला प्रहरीहरुलाई निर्घात रुपमा कुटपीट गरिएको छ । अन्नपूर्ण मिडिया नेटवर्क र कान्तिपुर टेलिभिजनका मुख्यालयमा तोडफोड र आगजनी गरिएको छ । निजी भवनमा आगजनी गरिएको छ । निजी भवनमा लगाएको आगोमा परी एभीन्युज टेलीभीजनका क्यामेरा पर्सन सुरेश रजकको निधन भएको छ ।
यो जघन्य घटनाको जती भत्र्सना र निन्दा गरे पनि कमै हुन्छ । पत्रकार र कर्मचारी भित्र रहेको अवस्थामा ज्यानै लिने गरी गरिएका आगजनी तथा घरभित्रै आगोमा पारी क्यामेरा पर्सन रजकको निधन भएको घटनाको छानबिन गरी घटनामा संलग्नलाई कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौं ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता ग्यारेन्टी गर्न पत्रकार रजकका हत्याराहरुलाई कारबाही गर्न जरुरी छ । उनका परिवारलाई न्याय र क्षती पूर्ती दिन जरुरी छ ।

