"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अछामको चौरपाटी गाउँपालिकाले छाउगोठमा बस्ने महिलाको सेवा सुविधा रोक्ने

No data was found

Khabar Raftar

चैत्र २२ अछाम । अछामको चौरपाटी गाउँपालिकाले छाउगोठमा बस्ने महिलाको सेवा सुविधा रोक्ने भएको छ । महिनावारी भएका बेला महिलाले छाउगोठमा बसे गाउँपालिकाले महिलाको सेवा सुविधा रोक्ने भएको हो । छाउगोठमा बसेमा गाउँपालिकाबाट दिइने सुविधा नदिने निर्णय गर्न बाध्य हुने पालीकाले जनाएको छ ।

छाउपडी प्रथाका कारण महिलाहरु बलात्कार हुनुका साथै जङ्गली जनावरको त्रास र आगलागी लगायतका घटनाले जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । महिला महिनावारी भएको बेलामा आफैँ छाउगोठमा बस्ने र कसैले छाउगोठमा बस्न बाध्य बनाएमा उनीहरूलाई कारबाही गर्ने चौरपाटी गाउँपालिकाले जनाएको छ ।

छाउपडी प्रथा कुप्रथाका रूपमा रहेकाले यसलाई जरैदेखि उन्मूलन गर्ने गरी गाउँपालिकाले यस्तो निर्णय गरेको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताए । गाउँपालिकाले छाउपडी प्रथा उन्मूलन गर्ने उद्देश्यले महिलाले छाउगोठमा बसेमा र उनीहरूलाई महिनावारी भएको बेलामा कसैले छाउगोठमा बस्न बाध्य बनाएमा पालिकाबाट पाउँदै आएको सरकारी सेवा, सुविधा रोकिदिने निर्णय गरिने उनले बताए ।

चौरपाटी गाउँपालिकालाई छाउगोठमुक्त गर्ने गरेर अभियान सुरु गर्ने उनले बताए । उपाध्यक्षको संयोजकत्वमा ११ जनाको समिति बनाइने अध्यक्ष साउदले बताए । अछाम जिल्लाभर छाउप्रथा कायम रहेको छ । पहिले जस्तो नभए पनि अहिले केही गाउँबस्तीमा अझै छाउगोठ निर्माण हुने गरेका छन् ।

अछाममा कति छाउगोठ निर्माण भएका छन् त्यसको पूरै अनुगमन गर्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए ।

छाउपडी प्रथा कुप्रथा तथा सामाजिक अपराध भए पनि गाउँबस्तीमा कायमै रहेको छ ।” महिला महिनावारी भएका बेला छाउगोठमा बास बस्दा विभिन्न समयमा गरेर १५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख भण्डारीले बताए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो