मान्छेहरुले चन्द्रमामा घर बनाएर बसी सकेको अबश्थामा नेपालमा भने अझै जातीय विभेदले मान्छेहरु अपहेलीत हुदै आएका छन । कुनै समयमा मान्छेलाई मान्छेले छुदा छोणो टिट्टो हाल्ने, सुनपानी छर्केने चलन विस्तारै हराउदै गए पनि अझै समाजमा हुने विभेद कायमै रहेको छ । मान्छेले मान्छेलाई गर्ने विभेद नयँ“ तरिकाले विकसित हुदै गएको छ । दलितहरुले शहर बजारमा कोठा पाउन छाडेका छन ।
दलित समुदायका युवाहरुले अन्तर््ाजातीय विबाह गर्दा बलात्कारको मुद्धा खेप्नु परेको छ । समाजमा रहेका उच्च भनाउदा अमानवीय ब्याबहार गर्ने मान्छेहरु देख्दा दया लाग्छ । हरेक बर्ष दलित समुदायले ज्यादती र विभेदको पीडा सहनु परेको छ । सार्वजनिक स्थान शहर बजार चारैतीर जातीय विभेदले जरा गाडेको छ । जातीय विभेद गर्नेलाई कारबाहीको दायरामा ल्याउन नसकेका कारण जातीय विभेद हटन नसकेको अबश्था छ ।
आजको २१ औ शताब्दीमा पनि सार्वजनिक स्थानमा विभेद गर्ने अपराधीहरुलाई हदै सम्मको कारबाही गर्न सके जातीय विभेदको अन्त्य हुन सक्ने भएकाले कारबाही गर्न जरुरी छ । जनप्रतिनिधिहरूबाट समेत दलित समुदायले अपमानित हुनु पर्ने अबश्थाको अन्त्य हुन जरुरी छ ।
नेपालको संविधान तथा प्रचलित कानूनलाई ठाडो चुनौति दिने गरी गरिने जातीइ विभेदको अन्त्यका लागी सबैले सचेत भएर लाग्न जरुरी छ । सार्वजनिक पदधारण गरेका व्यक्तिहरुवाट जातीय छुवाछूतलाई संस्थागत रुपमा संरक्षण गर्ने कामहरु हु“दै अँएका छन ।
यस्ता जातीय विभेद गर्ने अपराधीहरुलाई कानुनी कारबाही गरी समाजमा हुने विभेदको अन्त्य गर्न जरुरी छ । जातीइ विभेदका घटना प्रति सम्बन्धीत निकाय जीम्मेवार बन्न जरुरी छ । मान्छे मान्छेका विच गरिने तुच्छ ब्याबहार जातीय विभेदको अन्त्यका लागी कानुनलाई ब्याबहारीक रुपमा लागु गर्न जरुरी छ । कानुनको प्रयोग गरौ, जातीय विभेदको अन्त्य गरौ ।

