लोकतन्त्रमा बोल्न पाउने, संघ संगठन खोल्न पाउने र शान्त्ीपूर्ण धर्ना र जुलुश गर्न पाउने अधिकार नेपालको संविधानले नै दिएको छ । त्यसैले नागरिकले आन्दोलन गर्दै आएका छन । सरकारका काम कर्तब्य प्रति जनताले खबरदारी गर्नु अधिकारको कुरा पनि हो । तर आन्दोलका नाम्मा गरिने हिंसात्मक गतीविधिलाई कानुनले छुट दिएको छैन । त्यस्ता गतीविधि गर्ने जोसुकै भए पनि कारबाही गरिनु पर्दछ ।
चैत्र १५ गते राजाबादी आन्दोलनमा के भएको हो । कसका कारण दुईजनाले जइान गुमाउनु प¥यो भन्न्े विषयमा छानविन हुन जरुरी छ । अपराध गर्ने छुट प्रहरी र जनता कसैलाई नभएकाले कारबाही गरिनु पर्दछ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको हो भने दमनले आन्दोलन रोकीदैन भनेर बुझ्न आवश्यक छ । ईतिहासको अध्ययन गर्न जरुरी छ । सत्तामा रहेका भ्रष्टहरुको आदेशमा जनता प्रति दमन नगरी प्रहरी जनता प्रति सचेत हुन जरुरी छ ।
शान्तिपूर्ण तरीकाले गरिने आन्दोलनमा सुरक्षा प्रदान गर्न जरुरी छ । फरक मत, विचार र अभिव्यक्ति राख्न पाउने संबैधानीक अधिकारको रक्षा गर्न जरुरी छ । राजावादीहरूले आन्दोलनका नाममा ज्यादती गरेका हुन भने कसैको सम्पतीमा आगजनी गर्ने अधिकार कसैसंग नभएकाले कारबाही हुन जरुरी छ ।
जनआन्दोलनको बलमा २ सय ४० वर्षीय शाह बंशीय शासन राजतन्त्रको अन्त्य भई सकेको अबश्थामा राजतन्त्रको पक्षमा कसरी आवाज उठ्यो सरकार र सत्तामा भएकाहरुले बुझन जरुरी छ । आफ्ना कारणले जनतामा राजतन्त्र प्रति चासो देखिएको त होईन एक पटक समिक्षा गर्न जरुरी छ ।
गणतन्त्र चाईयो भनेर आन्दोलन गर्ने जनताले राजतन्त्र चाईन्छ भनेर आन्दोलन गर्नुलाई लोकतन्त्रकै उपलब्धी ठान्नु पर्दछ । आन्दोलनका नाम्मा राजतन्त्रका नाम्मा या कुनै अन्य नाम्मा अपराधीक गतीविधी गर्ने छुट कानुनले कसैलाई दिएकाले तिनकुने घटनाको छानविन गरी प्रहरी आन्दोलनकारी दोषी जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउन जरुरी छ । आगजनी, हत्या र कुटपीटमा सम्लग्नलाई कारबाही गर्न जरुरी छ ।

