मान्छेहरुले असुरक्षित गर्भपतन गराएर स्वाश्थ्यलाई जोखिम्मा पार्ने गरेका छन । सरकारले सुरक्षित गर्भपतनलाई मान्यता दिएको भए पनि अबैध रुपमा रहेको गर्भ असुरक्षित रुपमा पतन गराउनेहरुको संख्या बढ्दै गएको छ । जसका कारण महिलाहरुले ज्यान समेत गुमाउनु परेको छ ।
यसरी असुरक्षित रुपमा गर्भपतन गराउदा स्वाश्थ्यसंगै पैसा समेत खर्च हुने भएकाले तालीम प्राप्त स्वाश्थ्यकर्मीहरुबाट सुरक्षित गर्भ पतन गराउन जरुरी छ । पैसा र स्वाश्थ्यलाई नेक्सान पुग्ने गरी गराईने गर्भपतनलाई रोकेर पैसा बचत र स्वाश्थ्यलाई पनि फाईदा हुने भएकाले सुरक्षित गर्भपतन गराउन आवश्यक छ ।
नेपालमा सरकारले गर्भपतनलाई २०६० सालमा कानूनी मान्यता दिए पछि सरकारबाट स्वीकृति लिएर सुरक्षित गर्भपतन गराउने संस्थाहरूले औषधि खुवाएर र शल्यक्रिया मार्फत गर्भपतन गराउने गरेका छन् ।
१२ हप्ता सम्मको गर्भपतन महिलाहरुले सहजै गराउन सक्ने कानुनी प्राब्धान रहेकाले अबैध रुपमा गर्भपतन गराउन आवश्यक छैन । १२ हप्ता सम्मको गर्भपतनमा कसैको सहमती लीनु नपर्ने र १३ हप्ता देखि २८ हप्ता सम्म गर्भपतन गराउदा कुनै खास कारणले मात्र गर्न सकिने कानुनी प्राब्धान रहेको छ ।
१० हप्ता सम्मको गर्भ औषधी खाएर गर्न सकिने भएकाले डराउनु र आत्तीनु पर्ने कुनै अबश्था छैन । सरकारले आफ्नो शरीरको अधिकार महिलासंग सुरक्षित राखेकाले गर्भपतन महिलाको अधिकारको विषय हो ।
त्यसैले लुकेर डराएर असुरक्षित रुपमा लुकिछिपी अनिच्छित गर्भपतन गराउन आवश्यक छैन । महिलाको ज्यानै समेत जान सक्ने गरी हुने असुरक्षित गर्भपतन रोकन र सुरक्षित गर्भपतन गराउने तर्फ सबैको ध्यान जान जरुरी छ ।

