"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली भन्सार कार्यालयले लक्ष्य अनुसार राजश्व सकंलन गर्न सकेन

No data was found

Khabar Raftar

चैत्र १३ धनगढी । कैलाली भन्सार कार्यालयले दोस्रो चौमासिकमा लक्ष्य अनुसार राजश्व सकंलन गर्न सकेको छैन् । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चौमासिकमा राजश्व संकलन गर्ने नसकेको भन्सार कार्यालयले दोस्रो चौमासिक मंसिर देखि फागुन मसान्त सम्ममा पनि लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको हो ।

माल सामान आयात नहुँदा राजश्व संकलन हुन नसकेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत तेजबहादुर रावलले बताए । धनगढी आउने मालवस्तु पनि नेपालगन्ज र बीरगन्जबाट आइरहेकाले मागको आधारमा नआइरहेको उनले बताए ।

पेट्रोलियम पदार्थले गर्दा अलि कति वृद्धि भएपनि भन्सार राजश्व इन्डियन कस्टममा पनि अवरोध नै रहेको उनले बताए । कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिक साउन देखि कार्तिक सम्म लक्ष्य भन्दा एक अर्ब नौ करोड ९४ लाख ६७ हजारले कम राजश्व संकलन गरेको थियो ।

पहिलो चौमासिकमा तीन अर्ब ५१ करोड ३३ लाख ६२ हजार लक्ष्य रहेकोमा कैलाली भन्सारले दुई अर्ब ४१ करोड ३८ लाख ९५ हजार राजश्व संकलन गरेको थियो । कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको राजश्व संकलनको लक्ष्य कम रहेको छ । तर पनि कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको छैन ।

कैलाली भन्सार कार्यालयले चालु आर्थिक बर्षमा ११ अर्ब १६ करोड २६ लाख ३० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । भन्सार कार्यालयको चालु आर्थिक वर्ष २०८१÷०८२ को दोस्रो चौमासिकमा सात अर्ब १३ करोड ६१ लाख ४७ हजार लक्ष्य रहेकोमा पाँच अर्ब ३४ करोड १९ लाख ४१ हजार मात्रै राजश्व संकलन भएको छ । संकलित राजश्व वार्षिक लक्ष्यको ४७.८६ प्रतिशत हो ।

भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०÷०८१ को दोस्रो चौमासिकमा पनि लक्ष्य अनुसार राजश्व संकलन गर्ने सकेको थिएन । गत आर्थिक वर्षको दोस्रो चौमासिकमा सात अर्ब ५६ करोड १६ लाख ५६ हजार लक्ष्य रहेकोमा पाँच अर्ब एक करोड ३० लाख २० हजार मात्रै राजश्व असुली गरेको थियो ।

भन्सार अधिकृत रावलका अनुसार गत वर्षको भन्दा यस वर्ष लक्ष्य नपुगेको भए पनि राजश्व संकलनमा वृद्धि नै भएको छ । माल वस्तु आयात हुन सकेन भने वार्षिक लक्ष्य अनुसार राजश्व संकलन हुन नसक्ने उनले बताए । राजश्व संकलनमा वृद्धि गर्नका लागि आफूहरुले भन्सार क्षेत्र भन्दा बाहिरबाट आयात हुने माल वस्तुहरुलाई नियन्त्रण गर्नका लागि गस्ती समेत गरिरहेको उनले बताए ।

खुल्ला सिमानाका कारण राजश्व चुवावट हुँदा पनि लक्ष्य अनुसार राजश्व संकलन हुन नसकिरहेको उनले बताए । चालु आर्थिक वर्षको राजश्व संकलन लक्ष्य गत वर्षको तुलनामा ४१ अर्ब १९ करोड आठ लाख ४० हजार कम हो ।

गत आर्थिक वर्ष २०८०÷०८१ मा ११ अर्ब ५८ करोड २४ लाख ७० हजार राजश्व संकलनको वार्षिक लक्ष्य रहेकोमा सात अर्ब ९१ करोड ८० लाख ६८ हजार मात्रै राजश्व संकलन भएको थियो । जुन लक्ष्य भन्दा झण्डै ३१ दशमलव ६४ प्रतिशत कम भएको बताउदै उनले ६८ दशमलव ३६ प्रतिशत मात्रै राजश्व असुली भएको बताए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो