"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

Khabar Raftar

चैत्र १२ धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट ६ लाख ८ हजार ४ सय ७० रुपैया मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

कैलालीको धनगढी उपमहानगरपालीका वडा नम्बर–२ मिलन चोक र सिसमबारी, धनगढी उपमहानगरपालीका वडा नम्बर–३ बिशाल नगर, गोदावरी नगरपालीका वडा नम्बर–४ वनदेवी मन्दिर नजिक, भजनी नगरपालीका वडा नम्बर–५ कुटी, भजनी नगरपालीका वडा नम्बर–९ पहलवानपुर स्थित झुलुङ्गे पुल नजिक र टीकापुर नगरपालीका वडा नम्बर–९ खग्रौला सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ लाख ७३ हजार ८ सय १० रुपैया मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको हो ।

भन्सार छलीको प्याज, चिनी, बिडी, सुर्ती, नरिवल, मसला, कारबन तेल, मटर, क्याण्डी, केक पाउडर, स्टिल तथा प्लाष्टिकका भाँडा वर्तन, बदाम, पेय पदार्थ, ब्याट्री, मोटर पाईप, ग्रिस वायल, प्लाष्टिक झिल्ली, सिद्रा माछा, कस्मेटिक लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा सोमवार फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको हो ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–१० भन्सार कार्यालय नजिक र दोधारा चाँदनी नगरपालिका वडा नम्बर–१ पशुपति टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ३४ हजार ६ सय ६० रुपैया मूल्य बराबरका सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले पेय पदार्थ, बिडी, तिलको तेल, कपडा, जुत्ता, हार्डवेयर, किराना लगायतका सामान बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी दार्चुलामा भन्सार छलीको ६ पेटी बिडी बरामद गरिएको छ ।

लेकम गाउँपालिका वडा नम्बर–१ स्थित चौलानी नदीको किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ८० हजार मूल्य बराबरको ६ पेटी बिडी इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ