"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

No data was found

Khabar Raftar

चैत्र १२ धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट ६ लाख ८ हजार ४ सय ७० रुपैया मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालीका वडा नम्बर–२ मिलन चोक र सिसमबारी, धनगढी उपमहानगरपालीका वडा नम्बर–३ बिशाल नगर, गोदावरी नगरपालीका वडा नम्बर–४ वनदेवी मन्दिर नजिक, भजनी नगरपालीका वडा नम्बर–५ कुटी, भजनी नगरपालीका वडा नम्बर–९ पहलवानपुर स्थित झुलुङ्गे पुल नजिक र टीकापुर नगरपालीका वडा नम्बर–९ खग्रौला सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ लाख ७३ हजार ८ सय १० रुपैया मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको हो ।

भन्सार छलीको प्याज, चिनी, बिडी, सुर्ती, नरिवल, मसला, कारबन तेल, मटर, क्याण्डी, केक पाउडर, स्टिल तथा प्लाष्टिकका भाँडा वर्तन, बदाम, पेय पदार्थ, ब्याट्री, मोटर पाईप, ग्रिस वायल, प्लाष्टिक झिल्ली, सिद्रा माछा, कस्मेटिक लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा सोमवार फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको हो ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–१० भन्सार कार्यालय नजिक र दोधारा चाँदनी नगरपालिका वडा नम्बर–१ पशुपति टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ३४ हजार ६ सय ६० रुपैया मूल्य बराबरका सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले पेय पदार्थ, बिडी, तिलको तेल, कपडा, जुत्ता, हार्डवेयर, किराना लगायतका सामान बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी दार्चुलामा भन्सार छलीको ६ पेटी बिडी बरामद गरिएको छ ।

लेकम गाउँपालिका वडा नम्बर–१ स्थित चौलानी नदीको किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ८० हजार मूल्य बराबरको ६ पेटी बिडी इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो