चैत्र १० धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर–१ चौमालामा रहेको सामुदायिक ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ ।
आइतबार संस्थाका संस्थापक अध्यक्ष टीका सिंह बोहराको प्रमुख आतिथ्यतामा ११ औँ साधारण सभा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष सत्यराज जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि गौरीगंगा सञ्जाल अध्यक्ष हृदय कुमार थापा रहेका थिए ।
कार्यक्रममा मौवारी सामुदायिक वनका अध्यक्ष सुन्दिरा चौधरी, इन्द्र बहादुर चन्द, जुद्द साउँद लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थालाई महत्त्वपूर्ण योगदान गर्ने इन्द्र बहादुर साउँद, गणेश चन्द, रामदास थारु, वीर सिंह बुढा गरी ७ जना सेयर सदस्यहरूलाई सम्मानित गरिएको थियो ।
संस्थाकी व्यवस्थापक आरती बिनाडी जोशीले आर्थिक बर्ष २०८०÷८१ को ११ लाख २८ हजार ९ सय १८ रुपैयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गरेकी थिइन ।
संस्थाका सदस्य चक्र चन्दले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव नन्दलाल उपाध्यायले गरेका थिए ।


