"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बडीमालिका केबुलकार निर्माणमा बाजुराको त्रिवेणी नगरपालिकाको आपत्ति

No data was found

Khabar Raftar

चैत्र ०७ बाजुरा । सुदूरपश्चिमकै आकर्षक गन्तव्य बडीमालिकामा बन्ने १२ किलोमिटर लामो केबुलकार बारे त्रिवेणी नगरपालिकाले आपत्ती जनाएको छ । बडीमालिका केबुलकार निर्माण गर्न प्रस्तुत योजनाका लागि केवलकार निर्माण व्यवसायी अरुण कुमार सुवेदीको नामै किटान गरी बडीमालिका प्रा.लि. समेत दर्ता गरिसकेको बारे जानकारी पाउँदा त्रिवेणी नगरपालिकाले विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो ।

देशकै प्रसिद्ध शक्तिपीठका रूपमा पुजिने बडीमालिका देवीको पवित्र स्थल पृथ्वीको भू–स्वर्गका रूपमा परिचित नगरपालिकाको पूर्ण स्वामित्वमा रहेको बडीमालिकाको धार्मिक महत्वको सँगै प्राकृतिक, आर्थिक सबैमा उत्तिकै महत्त्व रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालको संविधान २०७२ को अनुसूची ८ को स्थानीय तहको एकल अधिकार सूची अन्तर्गत २१ र २२ अनुसुचि अन्तर्गत संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूची ६ ,७, १२ र १४ का क्षेत्रहरू बडीमालिकाको समग्र विकास योजना लगानी संरक्षण अधिकारका विषयहरु भएकाले नेपालको संविधान २०७२ को धारा २०७६ अन्तर्गत रही नगरसभाले यस क्षेत्रको लगानी र विकासका लागि ठोस कानुन बनाउन सक्ने समेत संवैधानिक अधिकार नगरपालिकाकै भएको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नगरपालिकाले सरकार र विकास साझेदारहरूसँग निरन्तर छलफल बहस केन्द्रित गरीरहेको अवस्थामा निर्माण गर्न प्रा.लिनै दर्ता गरिएको र लगानी समेतको योजना देखाइएको स्थानीय सरकारसँगको कुनै सम्पर्क सल्लाह र सहमति बिना कानुनी आधार र प्रमाण प्रस्तुत नगरी गरिन लागेको हुँदा आफुहरुको आपत्ति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विकासका कार्यमा कुनै विमति हैन तर स्थानीय सरकारसँग स्वामित्व रहेको सम्पति माथि आखाँ गाडेर कुनै समन्वय, सहकार्य नगरी अगाडी वढी सञ्चार माध्यममा पनि प्रचार प्रसार गर्दा नगर पालिकाको आपत्ति रहेको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाले बताए ।

त्यसैगरी बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले पनि आफूहरू विकास बाधक नभएको बताउदै निर्माण कम्पनीले गुरु योजना बनाएर अगाडि बढ्नु पर्ने बताए । स्थानीयहरूसँग छलफल गरेर अगाडि बढ्नु पर्ने बताउदै उनले बडीमालिका कुनै एक नगरपालिकाको सम्पति मात्रै नभएर सुदूरपश्चिम प्रदेशकै धार्मीक, सास्कृतिक, प्राकृतिक, पर्यटकीय क्षेत्र भएकाले गम्भीर हुनुपर्ने नगर प्रमुख खड्काले बताए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो