"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रानाथारूले होलीमा लगाउने परम्परागत गहना लोप हुँदै

No data was found

Khabar Raftar

चैत्र ०४ कञ्चनपुर । रानाथारूले होलीमा लगाउने परम्परागत गहना लोप हुँदै गएको छ । घघँरिया, अँगिया, फतुई, उढनीया लगायत आकर्षक तरिकाले घरमै हातले बुनेका होलीमा लगाउने परम्परागत गहना लोप हुँदै गएका हुन । शुक्लाफाँटा नगरपालिका वडा नम्बर–६ कसरौलकी ५५ वर्षीया सवदा रानाले होलीमा लगाउने परम्परागत गहना लोप हुँदै गएको बताईन ।

परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना गर्दै उनले त्यसबेला शिरदेखि पाउसम्म छपक्कै ढाकिने गहना लगाउने चलन रहेको बताइन् । होलीमा सहभागी हुने महिलाले कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीको पैसाले बेरेको कालो धागो, त्यसको तल, कठुला, हसुला, सकरगरेला लगाउने गरेको उनले सुनाईन ।

पाखुरामा लगौरा, नाडीमा पहुँची, औंलामा कलात्मक औँठी, कम्मरमा सिक्रीवाला कैँधनी, पैतलामाथि ढुन्नी, ढुन्नीको तल पैँडा र पायल लगाउने गरेको उनले बताईन । गर्धनमा कण्ठ, गरिया र घिच्ची,‘टाउकामा उढनिया, गलामा हार र कण्ठसिरीमाला, छातीमा फतुई, करेहाओमा घँघरिया र खुट्टामा पैणा लगाएको महिलालाई त्यतिबेलाको समाजमा उच्च सम्मान गरिने गरेको उनले बताईन ।

त्यस्तो पहिरन र गहना लगाउने महिलालाई सभ्य र संस्कारयुक्त भएको महिलाका रूपमा लिने गरिएको बताउदै उनले हाल ती गहना थोरै महिलासँग मात्र भएको बताईन । धेरैले आधुनिक बजारमा चलनचल्तीका गहना लगाउने कार्यले पुराना गहनाको महत्त्व घट्दै गएको उनले बताईन । पुराना गहना बनाउने कारिगर पाउन मुस्किल भएको बताउदै उनले रानाथारू समुदायका पुरूषले झगिया, फेटा र हातमा बिल्ला लिएर होली खेल्ने चलन रहेको बताईन ।

त्यसैगरी पुराना पहिरन, गहना हराउँदै गएको रामदास रानाले बताए । पुरूषले लगाउने पुरानो पहिरन लगाउनै छाडेको बताउदै उनले जनचेतनामा जोड दिन थालिए पछि विगतमा हराउँदै जान थालेको महिलाका पहिरन जोगाउन सकिएको बताए । पहिरनमा आधुनिकताको छाप परेको बताउदै उनले’ रानाथारू समुदायले माघ शुक्ल पूर्णिमाका दिन देखि होलीको प्रतीक राखेर होली प्रारम्भ गर्ने गरेको बताए ।

प्रतीक स्थापना गरेको एक महिना सम्म रातिका बेला महिला पुरूषले भगवानका कथालाई होली गीतमा ढाल्दै गाउने गरिनुका साथै त्यो क्रम फागुन शुक्ल पक्षको पूर्णिमा सम्म रहने उनले बताए । गाउँको दक्षिणी पूर्वतर्फ स्थापना गरिएको होलिका पूर्णिमाको दिन दहन गरिने उनले बताए । एक महिनासम्म रातिका बेला खेलिनेलाई जिउँदो होली भन्ने गरिएको बताउदै उनले होलिका जलाएको भोलिपल्ट खरानीको टीका लगाउने चलन रहेको बताए ।

त्योभन्दा अगाडि टीका नलाग्ने चलन रानाथारू समुदायमा रहेको थारू अगुवा जगता रानाले बताए । त्यसै दिनदेखि आठ दिनसम्म मरेकी होली खेलिने बताउदै उनले आठौँ दिनको बेलुका खखडेहरा खेलिने बताए । होलीलाई बृन्दावन, मथुरामा पठाउने कार्य गरिने बताउदै उनले खप्टा, घल्ला, घोडाको माटोका प्रतिमालाई फोड्ने कार्य पनि गरिने बताए । फोड्ने काममा गाउँका अगुवा भलमन्सा, गुरूवा लगायत मात्र जाने चलन रहेको उनले बताए ।

यसो गरेपछि दुष्टआत्मा गाउँमा प्रवेश नगर्ने भनाइ थारू समुदायका बुढापाकाको रहेको उनले बताए । उनीहरुका अनुसार प्रतिमा फोरेर घर फर्कँदा पछाडि फर्केर भने हेर्नु हुँदैन । हेरे दुष्टात्मा पुनः गाउँ फर्कने विश्वास छ । पुरूषको होली त्यसै बेला देखि सकिन्छ भने महिलाको होली चैत चराईमा पठाइने गरिन्छ ।

होली प्रारम्भ गर्दा, होली जलाउने बेला, साँझ, राति, दिउँसो गरी फरक फरक समयमा फरक फरक होलीका गीत गाइने गरिन्छ । होलीमा गीतको सुरूआत गर्ने (अगुवाइ गर्ने) महिलालाई मोढी भनिने उनले बताए । उनका अनुसार मोढीको सिको गर्दै गीत गाउनेलाई पिछडिया भन्ने गरिन्छ ।

होलीमा ढोलक बनाउनेलाई ढोलिया भनिन्छ । पुराना होलीका गीतलाई लिपिबद्ध गर्ने कार्य नहुँदा हराउँदै जान थालेको प्रति रानाथारू समुदायका बुढापाकाले चिन्ता जाहेर गरेका छन् । होली प्रत्येकको घरमा परम्परागत चलन अनुसार खेल्ने गरिन्छ । होलीमा सगुनका रूपमा गुड भेली दिने चलन रानाथारू समुदायमा छ । फगुवाका रूपमा पैसा दिने चलन पनि छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो