चैत्र ०४ धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीका गाउँ बस्तीमा महिलाहरु महिनावारी भएको समयमा बस्ने छाउपडी गोठ रहेका छन । प्रदेशको सदरमुकाम गोदावरीका विभिन्न गाउँमा महिलाहरु महिनावारी भएको समयमा बस्ने छाउपडी गोठ रहेका हुन । अधिकाश महिलाहरु महिनावारी भएको समयमा तिनै छाउपडि गोठमा बास बस्ने गरेका छन् ।
पहिलेका पुस्ताले चलाउदै आएको चलन नयाँले पु्स्ताले पनि अँगाल्दै आएपछि गाउँ बस्तीमा छाउपडी गोठ देखिन थालेका हुन् । गोदावरी नगरपालिकाको लालपुर , गौडी , स्याउले , गेटा , खमौरा ,दमौरा चौकीडाँडा मालाखेती र मालिकाटोलमा छाउपडी देखिएका हुन ।
महिलाहरु महिनावारी भएको समयमा छाउपडी गोठमै बास बस्ने गरेका छन् । गोदावारी नगरपालिका वडा नम्बरं –३ मालिका टोलका अधिकाशं स्थानीयले पछिल्लो समय देवि देउता रिसाउँने गरेको भन्दै महिलाहरुलाई महिनावारी भएका बेला छाउपडी गोठमा सुताउने गरेका छन् । छाउपडी गोठ भत्काउने अभियान सुरु गरिएको भए पनि गाउँ बस्तीमा छाउपडी गोठ देखिन थालेका छन ।
हिउँदमा चिसो र वर्खाको समय सर्पको निकै डर हुने गरेको भए पनि देवि देवताको डरले महिलाहरु महिनावारी भएको समयमा छाउपडी गोठमा सुत्दै आएका छन । अशिक्षित महिला मात्र होइन पढेलेखेका महिलाहरु छाउपडी गोठमा सुत्ने गरेका छन । सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुको घरमा समेत छाउपडी गोठ देखिएका छन् ।
आमाले छाउपडी गोठमा सुत्ने गरेपछि छोरीहरु पनिछाउपडी गोठमा सुत्न बाध्य छन् । अहिलेका किशोरीहरुले घरमा सुत्न खोजे पनि घरपरिवारले नमान्ने गरेको अबश्था रहेको छ । छाउगोठमा सुत्दा कयौ किशोरीहरु बलात्कारको जोखिममा रहेका छन भने कतीपयको ज्यान समेत गएको छ ।
जनप्रतिधिहरुको घरमा समेत छाउपडी गोठ रहेका छन् । गोदावरी नगरपालिका वडा नम्बर –३ मालिका टोल निवासी नाम परिवर्तीत पवित्रा सार्कीले छाउपडी गोठमा सुत्दा वर्खामा सर्प र हिउँदमा चिसोको डर हुने गरेको बताईन ।
आमा बुवाले छाउपडी गोठमा सुत्नु पर्छ भनेपछि महिनावारी भएको समय डरैडरले छाउपडी गोठमा सुत्न बाध्य भएको उनले बताईन । एकाइसौ शताब्दीमा पनि छाउप्रथा जस्तो कुसंस्कार कुरीतिहरुलाई अँगाल्ने गरेकाले किशोरीहरुलाई बाँच्न सकस भएको उनले बताईन ।


