"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीमा केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दै

No data was found

Khabar Raftar

फागुन १३ धनगढी । कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर नगरपालिका वडा नम्बर–८ स्थित धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले केराको थामबाट रेशा उत्पादन गरी रेशाबाट बनाइएका सामग्रीको ख पत बढ्दै गएको हो ।

एक वर्षअघि स्थापना भएको उद्योगले केराको रेशा उत्पादन गरेर त्यसबाट टोपी, झोला, पेन होल्डर, कपडा, बस्नका लागि प्रयोग हुने चटाई लगायतका सामग्री निर्माण गर्ने गरेको सहकारीले जनाएको छ । सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले एक वर्षदेखि उद्योगले केराको थाम कृषकबाट निःशुल्क ल्याउने गरेको बताउदै दैनिक १० वटा थामबाट एक केजी रेशा उत्पादन हुने गरेको बताए ।

एक केजी रेशाबाट १५ वटासम्म टोपी बनाउन सकिने बताउदै उनले सहकारीले प्रतिटोपी एक हजार र पेन होल्डरको तीन सयमा बिक्री गर्ने गरेको बताए । सहकारीलाई उत्पादित सामग्री बिक्रीका लागि बजारको अभाव नभएको उनले बताए । सहकारीले बजारको माग अनुसार उत्पादन गर्न नभ्याएकोे बताउदै उनले उत्पादित सामग्री र रेशा काठमाडौँबाट धेरै माग भइरहेको बताए ।

काठमाडौँका उद्योगले कच्चा पदार्थ जति सकिन्छ पठाउनु भनिरहेको बताउदै चौधरीले माग अनुसार दिन नसकेको बताए । सहकारीको उद्योगमा १० जना महिला काम गरिरहेको बताउदै उनले जसमा पाँच जनाले केराको रेशाबाट हाते सामग्री बनाउन नियमित काम गरिरहेको बताए ।

घर सजावट तथा प्रयोगमा ल्याउन सकिने विभिन्न सामग्री बनाउने गरेको बताउदै उनले निर्माण गरिएका सामग्रीको खपत कैलालीमै भइरहेको बताए । मेला महोत्सवमा समेत उद्योगले उत्पादन गरेका सामग्री प्रदर्शनमा राखिदीन माग आउने गरेको उनले जानकारी गराए । केराको रेशा उत्पादन पछि खेर जाने सामग्री मलका रुपमा प्रयोग गर्न सकेमा अझ राम्रो हुने उनले बताए ।

वडा नम्बर ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले सहकारीले अब कपडा बनाउने धागो उत्पादन गर्न खोजिरहेको बताउदै ’धागो बनाउन सकेमा राम्रो फाइदा लिन सकिने   बताए । टीकापुर नगरपालीका वडा नम्बर –६ का वडाध्यक्ष बलिराम चौधरीले आफूले पनि झोला किनेको बताउँदै कच्चा पदार्थ प्रसस्त पाइने भएकाले यसलाई विस्तार गर्नुपर्ने बताए ।

टीकापुर केराको पकेट क्षेत्र भएकाले केराको थाम किन्न पर्दैन, निःशुल्क पाइन्छ’,खेर गइरहेको केराको थामबाट धेरै सामग्री बनाउन सकिने रहेछ । यसलाई थप लगानी गरी विस्तार गर्नुपर्छ उनले भने ।

दिगो विकास समाज भजनीका अधिकृत विनोद शाहले सरकारले एक सहकारी, एक उद्योगको नीति लिएका बेला सहकारीले स्थापना गरेको उद्योग मार्फत किसान तथा महिला किसानलाई रोजगारीसँग जोड्ने कार्यलाई थप व्यवस्थापन गर्नुपर्ने बताए ।

केराको पटेक क्षेत्र भएकाले केराबाट महिला सदस्य तथा किसानलाई फाइदा भएको बताउदै उनले स्थानीयस्तरमै पाइने कच्चा पदार्थ प्रयोग गरी सहकारीका शेयर सदस्यले रोजगारीको अवसर पाउनु राम्रो उपलब्धि भएको बताए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो