फागुन १२ कञ्चनपुर । कञ्चनपुरबाट १२ लाख मूल्य बढीको अवैध सामान बरामद
गरिएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–६ ऐठपुर, भीमदत्त नगरपालिका वडा नम्बर–१० भन्सार कार्यालय नजिक, बेलौरी नगरपालिका वडा नम्बर–५ मैनाह र बेलौरी नगरपालिका वडा नम्बर–८ कलकत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १२ लाख ११ हजार ९० रुपैया मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो ।
उक्त मूल्य बराबरको पेय पदार्थ, तरकारी, खाने तेल, सुर्ती, चक्लेट, बिभिन्न किसिमका कपडा, काँसका भाडाँ, बिजुलीका स्विच, बोईलर कुखुरा, कस्मेटिक, हार्डवेयर, किराना, १ थान मोटरसाईकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले आइतवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताईएको छ ।
Post Views: 136


