"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सशस्त्र प्रहरीद्वारा १० करोड ८७ लाख ८३ हजार ५ सय ५३ रुपैया बरारको अबैध सामान बरामद

No data was found

Khabar Raftar

फागुन ०३ धनगढी । कैलालीका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले १० करोड ८७ लाख ८३ हजार ५ सय ५३ रुपैया मूल्य बरारको अबैध सामान बरामद गरेको छ । गत वर्षको फागुन १ गते देखि २०८१ को माघ मसान्त सम्म सशस्त्र प्रहरीले १० करोड ८७ लाख ८३ हजार ५ सय ५३ रुपैया बरारको अबैध सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल कैलालीले पछिल्ला २ वटा आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बढी रकमको अबैध सामान बरामद गरेको हो । सशस्त्र प्रहरी बलको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा तीन करोड ७० लाख २९ हजार एक सय ३८, २०७९÷०८० मा चार करोड १६ लाख ९१ हजार ६ सय ६३ र चालु आर्थिक वर्ष २०८०÷०८१ मा १० करोड ८७ लाख ८३ हजार पाँच सय ५३ रुपैयाँ अवैध भन्सार छलीको सामान जफत गरिएको हो ।

सशस्त्र प्रहरीले चैत, कात्तिक, मङ्सिर र पुस महिनामा एक करोड बढीको भन्सार छलीको सामान बरामद गरेको छ । गत फागुनमा ३१ लाख ३८ हजार ६२, चैतमा एक करोड ६ लाख ७३ हजार एक सय ७१, वैशाखमा ४५ लाख ७९ हजार नौ सय २३, जेठमा ७४ लाख ६१ हजार सात सय २४, असारमा ९२ लाख १७ हजार २ सय ५२, श्रावणमा ८९ लाख ९० हजार ६ सय ७०, भदौमा ८८ लाख ८८ हजार ७३, असोजमा ६४ लाख ९८ हजार तीन सय २७, कात्तिकमा एक करोड ५१ लाख ५५ हजार ६ सय ३४ रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको छ ।

त्यसैगरी मङ्सिर महिनामा एक करोड ६७ लाख सात सय ३१, पुस महिनामा एक करोड ६ लाख ६४ हजार एक सय ७३ र माघ महिनामा ६८ लाख १५ हजार आठ सय १३ रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३४ गणका प्रमुख एसपी दलबहादुर पाण्डेले कैलालीमा नेपाल–भारत सीमा क्षेत्र एक सय एक किलोमिटर सम्म रहेको जानकारी गराउदै नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएको जानकारी गराए ।

सीमा अतिक्रमण रोक्न, अवैध ढंगले नेपाल–भारत प्रवेश गर्न नदिन, अवैध क्रियाकलाप नियन्त्रण गर्न, चोरी निकासी बन्द गर्न तथा सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सशस्त्र प्रहरीले काम गरिरहेको जानकारी गराए । सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट बीओपीहरु स्थापना गरेर काम गर्दै सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएको पाण्डेले जानकारी गराएका हुन ।

कैलालीको फूलबारी, भजनी र खक्रौला, भुइँयाफाँटा, बंगराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर, श्रीलंकाटापुमा लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले बीओपी स्थापना गरेको उनले जानकारी गराए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो