हिमेश विक, माघ २६ धनढी । नेपाल दलित मुक्ति अभियानको सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भेलाले अध्यक्षमा दान वहादूर सुनारलाई चयन गरेको छ । शनिवार धनगढीमा सम्पन्न भेलाले सुनारलाई अध्यक्षमा चयन गरेको हो । अभियानको सुदूरपश्चिम समिति ५३ सदस्यीय हुने जानकारी गराइएको छ । बाँकी पदाधिकारी तथा सदस्यहरूलाई नौं वटा जिल्लाको जिल्ला अधिवेशन सके पछि चयन गर्ने नव–निर्वाचित प्रदेश अध्यक्ष सुनारले जानकारी गराए ।
भेलाले कञ्चनपुर जिल्ला अध्यक्ष तोकेको उनले जानकारी गराए । दलित हक अधिकारको लडाइँको लागि स्थापना गरिएको अभियान राजनीतिक रूपमा स्वतन्त्र रहेको बताउदै उनले आवश्यक परेको अवस्थामा अभियानलाई राजनीतिक दलको रूपमा समेत अगाडी बढाउन सकिने बताए । कार्यक्रमका सभाध्यक्ष सुर्य वि.क ले समानुपातिक प्रणाली दलित समुदायको लागि पहुँच विहिन भएको बताउदै सम्पूर्ण दलित अभियानकर्मी एक हुनुपर्ने बताए ।
राष्ट्रिय नेपाल दलित मुक्ति अभियानका केन्द्रिय अध्यक्ष प्रेम वि.सीले दलित मुक्तिका लागि व्यापाक रूपमा आन्दोलन तथा कार्यक्रम गर्नुपर्ने बताउदै राष्ट्रिय नेपाल दलित मुक्ति अभियान र नेपाल दिलत मुक्ति अभियान विच कार्यगत एकता हुने जानकारी बताए । दक्षिण एसियामा दलित उत्पीडनको इतिहास चार हजार वर्ष लामो भएको बताउदै उनले नेपालमा दलित आन्दोलन सुरु भएको एक सय वर्ष पुग्न लागेको बताए ।
भगत् सर्वजित विश्वकर्माबाट सुरु भएको नेपालको दलित आन्दोलन हालसम्म आउँदा परिवर्तनको संकेत देखिन थालेको बताउदै उनले नेपाल सहित दक्षिण एसियामै दलित मुक्तिको लागि हुनुपर्ने काम उल्टो बाटोमा हिँडेको बताए । दलित मुक्तिको लागि व्यापाक रूपमा कार्यक्रम तथा आन्दोलन गर्नुपर्ने बताउदै दलित अधिकारको सुनिश्चित गर्न प्रचलित ऐन संशोधन गर्न संसद्, अधिकारकर्मी तथा कानुन व्यवसायीसँग छलफल अगाडि बढाएको बताए ।
संविधानको धारा ४० मा उल्लेखित दलितको हकलाई स्थापित गर्न नयाँ कानुन तर्जुमा गर्ने प्रक्रिया अगाडि बढाइएको उनले बताए । त्यसैगरी कर्णाली प्रदेश अध्यक्ष निर्मला बस्यालले एक आपसमा लड्दा–फुट्दा वाह्य तत्वहरुले फाईदा लिने बताईन । बाहुनवादी संरचनाबाट दलित मुक्ति सम्भव नभएको बताउदै उनले दलित, मुस्लिम लगायतका समुदायलाई समानुपातिक सिद्धान्त अनुरूप राज्यका सबै निकायमा समावेश गरी निर्णायक तहमा पुर्याउनु पर्ने उनले बताईन ।
त्यसैगरी नेपाल दलित मुक्ति अभियानक अध्यक्ष सुनील लोहनीले दलित मुत्तिका लागि अझै लडाइँ गर्न बाँकी रहेको बताए । आगामी दिनमा दलित अधिकारका लागि लड्दै आएका अन्य संगठन तथा संस्थासँग सहकार्य गरिने उनले बताए । कार्यक्रममा विभिन्न राजनीतिक संगठनका प्रतिनिधि, अभियानका केन्द्र, प्रदेश तथा जिल्ला प्रतिनिधि, अधिकारकर्मी लगायतको उपस्थिति थियो ।


