माघ २६ धनगढी । नेकपा एमालेबाट निष्कासित पूर्व उपप्रधान मन्त्री डा. भीम रावलले एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट नेता नभई नवसामान्त भएको टिप्पणी गरेका छन् ।
शनिबार धनगढीमा आयोजित कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेलामा रावलले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीलाई नवसामन्त भएको बताउदै कम्युनिष्ट पार्टीको नेताले सबैले मलाई ‘बा’ भन्नु पर्छ भन्दै यूटुव खोल्दै हिडेको बताए ।
एमाले अहिले सिद्धान्तबाट च्युत भएको बताउदै उनले सत्ताका लागि ओलीले कम्युनिष्ट पार्टीको सिद्धान्त, नीति, कार्यक्रमलाई समाप्त गरेको बताए । ओलीले एमालेलाई बामालेमा परिणत गरेको बताउदै उनले वर्तमान सरकारले पत्रकारलाई समेत लेख्न र बोल्ने अधिकारबाट वञ्चित गर्न खोजेको बताए ।
नेपालको अस्तित्व र स्वाधीनताका लागि एकजुट भएर अगाडी बढ्नु पर्ने दिन आउन सक्ने बताउदै रावलले सबैलाई तयार हुन आग्रह गरे । त्यसैगरी हाल मातृभूमि जागरण अभियान, नेपाल नामक अभियान सञ्चालन गरेको बताउँदै उनले यो पार्टीको नाम नभएको बताए ।


