मानघ २४ धनगढी । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले कैलालीको धनगढीमा जागरण भेला गर्ने भएका छन् । बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले माघ २६ गते जागरण भेला गर्ने भएका हुन । कैलाली, कञ्चनपुरलाई लक्षित गरी आयोजना गरिएको जागरण भेलामा जुनसुकै पार्टीमा आबद्ध भएका देशभक्त नागरिक उपस्थितिका हुन सक्ने जानकारी गराईएको छ । नेकपा एमालेबाट निष्कासनमा परेका डा.भीम बहादुर रावलले पार्टी निर्माणको आधार तयार गर्न मातृभूमि जागरण अभियान चलाइरहेको बताएका छन् ।
अभियान अन्तर्गत भेटघाट धनगढीमा गरिरहेका रावलले भविष्यमा पार्टी निर्माण गर्ने उद्देश्य लिएर अभियान चलाइरहेको बताएका हुन् । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले देशमा व्याप्त विकृतिका विरुद्ध सबैलाई संगठित गरेर लैजाने सशक्त राजनीतिक दल निर्माण गर्न जागरण अभियान चलाइरहेको बताए । मातृभूमि जागरण अभियान देशको बेतिथिका विरुद्धमा उभिन चाहने सबैलाई संगठित गरेर सशक्त राजनीतिक दल निर्माण गर्न भएको रावलले बताए ।
मानिसहरुलाई भेला गर्ने भाषण गर्ने मात्र नभई संगठन निर्माण गर्दै अभियान अगाडी बढेको उनले जानकारी गराए । सशक्त राजनीतिक संगठन निर्माणका लागि आधार तयार गर्न अभियान चलाइरहेको बताउँदै उनले राजनीतिक दलमा संगठीत व्यक्ति, बुुद्धिजीवी र विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुसँग कुराकानी भइरहेको जानकारी गराए । केन्द्रबाट सोझै राजनीतिक दल गठन गरेर घोषणा गर्ने कुरा राम्रो नभएकाले अभियानको नेता, अध्यक्ष हुँ नभनेर प्रस्तावका रुपमा मात्र अघि सारेको उनले बताए ।
रावलले जिल्लाहरुमा अभियानमा जोडीने व्यक्तिहरुलाई संगठीत गर्दैै लैजाने र केही जिल्लाको भ्रमण पछि देशभरी र प्रवासमा रहेकाहरुको विचार सुने पछि मात्रै केन्द्रीय संगठनको स्वरुप दिने
उनले बताए । मातृभूमि जागरण अभियानको केन्द्रीय स्वरुप उचित समयमा एउटा सशक्त राजनीतिक दलको रुप लिने उनले बताए । अभियान मात्र नभई पार्टी निर्माणको आधार र चेतना सिर्जना गर्ने अभियान भएको उनले बताए ।
राजनीतिक दलहरुले अहिले गरिरहेका कामप्रती असन्तुष्ट जनताको समर्थन आफूले पाउने दाबी गर्दै रावलले अछामबाट उक्त कुराको पुष्टि भइसकेको बताए । दलहरुले अहिले गरेको काम प्रति असन्तुष्टहरुको समर्थन प्राप्त गर्छु भनेको बताउदै उनले सुरुमै अछाममा एमालेसँग सम्बद्ध १५ सय मानिसले एमाले पार्टी छाडी सकेको बताए । प्रक्रिया जारी ुहने बताउदै उनले अरु जिल्लामा पनि अगाडी बढ्ने बताए ।
मातृभूमि जागरण अभियान अन्तर्गत रावलले शनिबार धनगढीमा जागरण भेला आयोजना समेत गर्ने जानकारी दिएका छन् । फरक विषयमा बोल्दै रावलले अहिलेको सरकारले जनता प्रति गैरजिम्मेवार भएर काम गरिरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई छलेर नेपालको संविधानमा उल्लेखित मौलिक हक विपरीतका कानुन अध्यादेश मार्फत ल्याएको उनको आरोप छ । सरकारको उक्त कदमले प्रधानमन्त्री ओलीमा भएको निरुकुंश, स्वेच्छाचारी, तानाशाही चरित्र फेरि एकपटक छर्लंग भएको आरोप लगाए ।


