"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

तीन करोडको घर,४ करोड बैक ‘ब्यालेन्स’ र क्रेटा गाडी भएका कैलालीका २२ वर्षीय माइकल पक्राउ

No data was found

Khabar Raftar

माघ २४ धनगढी । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २२ वर्षीय माइकल डंगौरालाई पक्राउ गरेको छ । डेढ वर्षकै अवधिमा करोडौं रुपैयाँको सम्पत्ति जोड्न सफल २२ वर्षीय माइकल डंगौरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । साइबर अपराध मार्फत ठगी धन्दा चलाउँदै आएका डंगौरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर–६ स्थायी घर भएका माइकल डंगौरा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर–८, भंगालमा बस्दै आएका थिए ।

सूचना प्रविधि आईटी विषयमा स्नातक अध्ययनरत उनले कुनै व्यवसाय वा जागिरमा संलग्न नभएर पनि करोडौंको सम्पती आर्जन गरेपछि प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो । सीआईबीका अनुसार माइकलले काठमाडौंको भंगालमा साढे ३ करोड रुपैयाँमा घर किनेका थिए भने उनको बैंक खातामा ४ करोड रुपैयाँ मौज्दात रहेको पाइएको छ । साथै, उनले ठगीबाट खरिद गरेको क्रेटा गाडी प्रहरीले बरामद गरेको छ । माइकलको गाउँमा पनि करोडौं खर्च गरेर आलिशान घर बनाइएको खुलेको छ ।

अनुसन्धान अनुसार माइकलले नेपाली मात्रै नभई अन्तर्राष्ट्रिय ठगी गिरोहको मास्टर एजेन्टका रूपमा समेत काम गरिरहेका थिए । सुरुवातमा उनी विदेशी गिरोहको सदस्यका रूपमा ठगी धन्दा चलाउँथे, तर पछि आफ्नै समूह खडा गरी नाइके बने । माइकलले विभिन्न सामाजिक सञ्जालमा घरमै बसेर सजिलै पैसा कमाउने जस्ता प्रलोभनपूर्ण विज्ञापनहरू पोस्ट गर्थे । त्यस्ता विज्ञापन देखाएर मानिसहरूलाई साइबर फिसिङ मार्फत ठग्ने योजना बनाइन्थ्यो ।

लिंक खोल्नेबित्तिकै प्रयोगकर्ताको बैंक खातामा पहुँच बनाई पैसा निकाल्ने काम माइकलको समूहले गर्दै आएको अनुसन्धानबाट खुलेको छ । माइकलसँगै अनलाइन ठगी र क्रिप्टो कारोबारमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर–६ का २६ बर्षीय अनिल विश्वकर्मा,बूढानीलकण्ठ नगरपालीका वडा नम्बर–८ का २९ बर्षीय पियुष श्रेष्ठ, दोलखाका १९ बर्षीय आश्विन चौलागाईं, रौतहटका २२ बर्षीय सत्यम कुमार सहनी, भारतको बिहारका २७ बर्षीय रोशन कुमार र भारतको बिहारकै ३६ बर्षीय मुन्ना कुमारलाई पक्राउ गरिएको छ ।

अनुसन्धान अनुसार माइकलले अनिल विश्वकर्मालाई गाउँमै बसेर ठगी धन्दा चलाउन प्रस्ताव गरेका थिए । अनिलले विभिन्न बैंकमा खाता खोलेर ठगीको रकम व्यवस्थापन गर्न थालेका थिए । त्यस्तै, आश्विन चौलागाईंलाई रकम संकलन तथा ट्रान्सफर गर्ने जिम्मेवारी दिइएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले माइकल र उनको समूहले हाल सम्म ३ अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेको देखाएको छ ।

डिजिटल फरेन्सिक अनुसन्धान अझै बाँकी रहेकाले यो संख्यामा वृद्धि हुन सक्ने प्रहरीको आशंका छ । माइकलले ठगीबाट प्राप्त रकम विभिन्न बैंक खाता मार्फत ट्रान्सफर गर्ने, क्रिप्टो खरिद–बिक्रीमा लगानी गर्ने, र हुन्डी मार्फत विदेश पठाउने गरेको पाइएको छ । साथै, उनले सामाजिक सञ्जालबाट अन्य व्यक्तिहरूलाई प्रयोग गरी बैंक खाताहरू संकलन गर्ने र ती खाता मार्फत पैसा कारोबार गर्ने गरेको भेटिएको छ ।

नेपालमा पछिल्लो समय अनलाइन ठगी र साइबर अपराधको घटनामा वृद्धि भइरहेको छ । माइकलको यो प्रकरणले नेपालमा साइबर ठगीको जटिल जालो उजागर गरेको छ । जसले अबको साइबर सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ । बेरोजगार युवाहरूलाई अनलाइन जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय भएका छन् । सीआईबीका अनुसार साइबर ठगीको नेटवर्क नेपालमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय रूपमा फैलिएको छ ।

यस्ता अपराधमा संलग्न मुख्य नाइकेहरू पहिचान गरी थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता एसपी सुधीरराज शाहीले बताएका छन् । सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट हुने ठगीबाट जोगिन साइबर सुरक्षामा विशेष ध्यान दिनु आवश्यक छ । अनलाइन मार्फत प्राप्त हुने अनौठा अफरहरू, संदिग्ध लिंकहरू र अपरिचित व्यक्तिहरूबाट आउने सन्देशहरू प्रति सतर्क रहन प्रहरीले आग्रह गरेको छ । माइकलको यो प्रकरणले नेपालमा साइबर ठगीको जटिल जालो उजागर गरेको छ, जसले अबको साइबर सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो