माघ २० बैतडी । बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक बर्षको ६ महिनामा २२ लाख ६ हजार राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्षमा ६५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले ६ महिनामा २२ लाख ६ हजार राजस्व संकलन गरेको हो । लक्ष्यको ३४ प्रतिशत मात्रै राजस्व संकलन गरिएको हो ।
गत आर्थिक बर्षको तुलनामा यस बर्ष कम राजस्व संकलन भएको छ । गत आर्थिक बर्षमा ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले ६ महिनाको अवधिमा ३९ प्रतिशत राजस्व संकलन गरेको थियो । चालु आर्थिक बर्षमा नगरपालिकाले १४ लाख ३३ हजार १ सय ११ रुपैयाँ र वडा कार्यालयहरुबाट ७ लाख ७२ हजार ८ सय ८९ रुपैयाँ राजस्व संकलन गरिएको छ ।
नगरपालिका र वडा कार्यालयहरुबाट गरी ६ महिनाको अवधिमा २२ लाख ६ हजार रुपैयाँ राजस्व संकलन भएको नगरपालिकाका राजस्व शाखा प्रमुख तर्कराज भट्टले जानकारी गराए ।
नगरपालिकाले ६ महिनाको अवधिमा भूमीकर मालपोत बाफत २६ हजार ९५ रुपैयाँ, घरबहाल करबाट ९८ हजार २ सय ८७ रुपैयाँ, व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट ६ लाख ६८ हजार ६ सय ४० रुपैयाँ, न्यायिक दस्तुरबाट १ हजार २ सय रुपैयाँ, प्रशासनिक सेवा शुल्कबाट ७० हजार रुपैयाँ नक्सापास दस्तुरबाट ५५ हजार ८९ रुपैयाँ, सिफारिश दस्तुरबाट १५ हजार १ सय रुपैयाँ, निकासी पैठारी करबाट ४ लाख ५० हजार रुपैयाँ र अन्य दस्तुरबाट ४८ हजार ७ सय रुपैयाँ राजस्व संकलन गरेको छ
। त्यसैगरी ६ महिनाको अवधिमा वडा नम्बरं १ बाट ३५ हजार ९ सय ४३ रुपैयाँ, वडा नम्बरं २ बाट ८७ हजार ७ सय ४८ रुपैयाँ,वडा नंम्बर ३ बाट ५२ हजार ९ सय रुपैयाँ, वडा नम्बरं ४ बाट ९२ हजार ८ सय ६२ रुपैयाँ र वडा नम्बरं ५ बाट ४० हजार ४ सय ९१ रुपैयाँ राजस्व संकलन गरिएको छ ।
त्यसैगरी वडा नम्बरं ६ बाट २ लाख २२ हजार ३ सय ३८ रुपैयाँ, वडा नम्बरं ७ बाट ४२ हजार ५० रुपैयाँ, वडा नंम्बर ८ बाट १ लाख ४० हजार ७ सय ४७ रुपैयाँ, वडा नंम्बर ९ बाट ३१ हजार २ सय २८ रुपैयाँ र वडा नम्बरं १० बाट २६ हजार ५ सय ६० रुपैयाँ राजस्व संकलन भएको राजस्व शाखा प्रमुख भट्टले जानकारी गराए ।


