"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बन्दुक भन्दा शक्तिशाली मोर्चा उत्पादन हो ः विप्लव

No data was found

Khabar Raftar

धीरज प्रपाला, माघ ०९ धनगढी । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बन्दुक भन्दा शक्तिशाली मोर्चा उत्पादन भएको बताएका छन । बुधबार धनगढीमा आयोजीत समसामयीक विषयक अन्र्तक्रिया कार्यक्रम्मा बोल्दै उनले यस्तो बताएका हुन । अन्र्तक्रिया कार्यक्रम्मा सहभागीहरुले सोधेको बन्दुक उठाउने सम्बन्धी प्रश्नको जवाफ दिदै महासचिव विप्लवले बन्दुक भन्दा शक्तिशाली मोर्चा उत्पादन भएको बताएका हुन ।

देश खत्रामा परेको बेला, राष्ट्रिय स्वाधीनता खत्रामा परेका बेला जनतासंग मीलेर बन्दुक उठाउन कुरा छुट्टै विषय भएको बताउदै बर्तमान अबश्था आत्मनिर्भताका लागी उत्पादनसंग जोडीनु पर्ने अबश्था भएको बताए । नेपाल कम्युनिष्ट पार्टीले उत्पादनलाई क्रान्तिको मोर्चाका रुपमा लिएको बताउदै महासचिव विप्लवले देशलाई आत्म निर्भर बनाउनु पर्ने बताए । समृद्धिको गफ दिएर देश सम्बृद्ध नहुने बताउदै उनले सबै भन्दा पहिले आत्म निर्भर बन्नु पर्ने बताए ।

बर्तमान अबश्थामा सम्बृद्धीको नभई आत्म निर्भरताको नारा लिएर सबैले उत्पादनमा जोडीनु पर्ने   बताए । अहिले समृद्धिको नारा होईन, आत्मनिर्भरको नारा चाहिएको छ, नारा मात्र होईन काम चाहिएको छ, पहिला नेता, त्यसपछि कार्यकर्ता र त्यसपछि जनता आत्मनिर्भर हुने कार्यक्रम चाहिन्छ, त्यो भनेको नेपालको खेत हो, नेपालको माटो हो, कुनै विदेशमा जाने लहरले समृद्धि हुदैन, हाम्रो आफ्नै श्रम र समयलाई नेपालमै उत्पादनमा जोडन सक्नु पर्छ उनले भने ।

अन्य पार्टीका नेताहरुको जीवन रहश्यमय तरीकाले चल्दै आएको बताउदै उनले उत्पादन नभए पछि ब्यापारी खोज्नु पर्ने, ब्यापारीले नपुगे,विदेशी डोनर खोज्नु पर्ने अबश्थाले नेपालको राजनीति स्थिर बन्न नसकेको बताए । त्यसैले नेपाल आत्म निर्भर बन्न नसकेको बताउदै महासचिव विप्लवले नेपालमा नयाँ राजनैतीक कोर्षको सुरुबात गर्नु पर्ने बताए । नेपालको राजनीति तरल अबश्थाबाट गुज्री रहेको बताउदै उनले राजनीतिक स्थिरता आवश्यक भएको बताए ।

ब्याक्तिबादी सोचका कारण देशमा समस्या भएको बताउदै उनले सिस्टमको विकास गरिनु पर्ने बताए । महासचिव विप्लवले कम्युनिष्ट एकता आजको आवश्यकता भएको बताउदै मुखमा एकता र ब्याबहारमा भाग्ने गरेका कारण माओबादी केन्द्रसंग एकता हुन नसकेको बताए । महासचिव विप्लवले नेपालमा टाउकोले टेकको अर्थतन्त्रलाई खुट्टाले टेकाउनु पर्ने अबश्था रहेको बताउदै सबै बगर्व समुदायले उत्पादनसंग जोडीनु पर्ने बताए ।

देशैभरी पार्टीलाई उत्पादनसंग जोडेको बताउदै उनले हरेक केन्द्रीय सदस्य उत्पादनमा जोड्ने नीति बनाएको बताए । यस बर्ष १७ सय क्विन्टल धान उत्पादन गरेको बताउदै महासचिव विप्लवले पार्टी नेता कार्यकर्तालाई आत्म निर्भर बनाउने गरी श्रमसंग जोडीएको बताए । निर्बाचनमा भाग लिने कि नलिने भन्ने प्रश्नको जवाफ दिदै महासचिव विप्लवले ०८४ को आम निर्बाचनलाई एकीकृत जनक्रान्तिको मोर्चाको रुपमा प्रयोग गर्ने बताए ।

केवल ५ वर्षको लागि वठा पालीका, प्रदेश र देश चलाउने जिम्मेवारी जनताले नेकपालाई दिए देशलाई नयाँ गती दिने बताउदै उनल नेपालका वुद्धिजीवी, ब्याखपारीहरु सबैले एकपटक नेकपालाई साथ दिनु पर्ने बताए । दलाल पुँजीवादले जनतालाई दुख दिएको बताउदै उनले नेपाली विशेषताको समाजवादका लागी सबैले लाग्नु पर्नेब ताए । समाजवादका लागि नेपालका वुद्धिजीवीहरुको महत्वपूर्ण योगदान रहने बताउदै एकपटक नेकपाले उठाएको नेपाली विशेषताको समाजवादका लागी सबैले उत्पादनमा जोडीनु पर्ने उनले बताए ।

कार्यक्रम्मा कैलाली बहुमुखि क्याम्पसका सह प्राध्यापक अम्बीकेश्वर जोशीले निर्बाचनमा सहभागी हुने षियमा प्रश्न गरेका थिए भन सोही क्याम्पसका सह प्राध्यापक प्रेम राज भण्डारीले राजनैतिक दलका प्रमुखले समसामयीक बीषयमा छलफलका लागी पहिलो पटक बोलाएको बताउदै आफ्नो ३० बर्षै राजनैतिक यात्रामा पहिलो पटक भिन्नता देखेको बताए ।

त्यसैगरी सुदूरपश्चिामञ्चल क्याम्पसका योगराज गौतमले नेकपाका महा सचिव विप्लव क्रान्तीका नायक, उत्पादनमा श्रेष्ठता र सार्बभौम सत्ता सम्पन्न राष्ट्रको रुक्षक भएकाले नेपाली जनताको आशा र भरोषा नेकपामाथी रहेको बताए । त्यसैगरी कैलाली मोडेल स्कूलका तपेन्द्र सिह,एकिकृत समाजबादीका दिर्घ जोशी, पत्रकार हेमन्त पौड्याल, कर्ण चन्दले जीज्ञासा राखेका थिए । त्यसैगरी ब्यापारी शतिस जोशीले अन्य राजनैतिक दलका नेताहरु भन्दा विप्लव फरक भएको बताउदै ब्यापारीहरुले आत्महत्या गर्नु पर्ने अबश्था आएकाले नेताहरुले सोच्नु पर्ने बताए ।

कैलाली विद्यानिकेतनका प्रधानाध्यापक टोपेन्द्र शाह, राट्रिय कलेज सुख्खडका प्रमुख देबेन्द्र कुमार प्रसाइ, घोडाघोडी क्याम्पसका बालु जोशी, अधिबक्ता कुलानन्द उपाध्याय, कैलाली बहुमुखि क्याम्पसका राजेन्द्र चन्द,बझाङका शिक्षक कर्ण बहादुर जाग्री,कैलाली बहुमुखि क्याम्पसका शिव प्रसाद सापकोटा र डाः एमएस साउँदले जीज्ञासा राखेका थिए । कार्यक्र नेपाल कम्युनिष्ट पार्टीका स्थायस् समिति सदसइ तथा सुदूपश्चिम प्रदेश ईन्चार्ज भरत सिको अध्यक्षता र सञ्चालनमा सम्पन्न   भएको थियो

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र