"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम विद्रोही जन्माउने प्रदेश हो, अझै मलजल गर्नु पर्छ ः विप्लव सि

No data was found

Khabar Raftar

माघ ०९ धनगढी । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सुदूरपश्चिम विद्रोही जन्माउने प्रदेश भएको बताएका छन । मंगलबार कैलालीको धनगढीमा आयोजीत सुदूरपश्चिम प्रदेश स्तरिय बैचारिक,राजनैतिक ,प्रशिक्षण कार्यक्रम्मा बोल्दै महासचिव विप्लव सीले यस्तो बताएका हुन ।
सुदूरपश्चिम प्रदेशले भिम दत्त पन्त देखि जनयुद्ध र एकिकृत जनक्रान्तीका लागी थुप्रै विद्रोहीहरु जन्माएको छ ।

महान सहीदहरुको रगतले सिचित सुदूरपश्चिम प्रदेशमा अझै थुप्रै विद्रोहीहरु जन्मदै छन उनले भने । देश अझै स्वाधीन बन्न नसकेको बताउदै महासचिव विप्लवले राष्ट्रिय स्वाधीनता र जनताका पक्षमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । देश साम्राज्यबादीहरुको अखाडा बन्न सक्ने खत्रा मडारिएको बताउदै उनले देशलाई स्वाधीन र नेपाली जनतालाई आत्म निर्भर बनाउन साम्राज्यबादीहरुसंग लड्दै आएको बताए ।

साम्राज्यबाद र दलाल पूजीबादका विरुद्ध आन्दोलन गर्दै समाजबादका लागी पार्टी र नेता कार्यकर्ताहरु जिम्मेवार बन्नु पर्ने बताउदै महासचिव विप्लवले समाजबादका लागी श्रमीक जनसमुदाय एकजुट हुनु पर्ने बताए । जनताको काखमा बास गर्ने पार्टी र आमाको बाखमा बास गर्ने सन्तान कहिल्यै नहार्ने बताउदै उनले कम्युनिष्टहरुले जनताको काखमा बास गर्न सक्नु पर्ने बताए । महासचिव विप्लवले समाजबाद सत्तामा नभए पनि अबशेष देखिने गरेको बताउदै दलाल पूजीबाद सत्तामा हावी भएकाले त्यसका विरुद्ध संघर्ष आवश्यक भएको बताए ।

दलाल पूजीबाद नेपाली जनताको पक्षमा नभएको बताउदै महासचिव विप्लवले समाजबादका लागी संघर्ष गर्नु पर्ने बताए । देशमा सबै समाजबादी बन्दै गएको बताउदै उनले जनतालाई समाजबाद बारे बुझाउदै जानु पर्ने बताए । जनताका समस्याका विषयमा नेपाल कम्युनिष्ट पार्टी सधै अग्र स्थानमा रहेको बताउदै महासचिव विप्लवले सुकुम्बासीकहरुका घर भत्काउने देखि राष्ट्रका हित विपरित गरिने सबै खाले सँन्धी सम्झौताका विरुद्ध आवाज उठाउदै आएको बताए ।

आत्मनिर्भरता, स्वाधीनता र सम्पन्नताका लागी पार्टी उत्पादनमा जोडीएको बताउदै महासचिव विप्लवले ठुलो आधीबेहोरी आए पनि थेग्न सक्नेगरी पार्टी बलीयो बनेको बताए । पार्टीले आफ्रनै उत्पादन ब्यार ब्याबसाय उद्योग चलाउदै आएको बताउदै उनले माघ १४ गते काठमाण्डौमा सि ब्यापार केन्द्रको उद्घाटन गर्ने बताए । देश बलीयो बन्न सकेन भने ब्याक्ति जती बलीयो भए पनि अर्थ नराख्ने बताउदै उनले देश बलीयो बनाउन उत्पादन र उद्योग धन्दाको विकास गरिनु पर्ने बताए ।

पार्टीले नयाँ सस्कृती सि संस्कृतीकोविकास गर्दै गएको बताउदै उनले कम्युनिष्ट देशहरुमा यसको चर्चा चुलीदै गएको बताए । साँस्कृतीक संघर्षमा जित्न नसके राजनैतिक संघर्ष जीत्नुको अर्थ नहुने बताउदै महासचिव विप्लवले संस्कृतीको विकास गर्दै अगाडी बढ्नु पर्ने बताए । संसारका कुनै पनि युद्धहरु कम्युनिष्टका कारण नभई पूजीबादका कारण भएको बताउदै उनले सच्चा कम्युनिष्टहरुले एकजुट हुनु पर्ने बताए ।
उनले नेपाल कम्युनिष्ट पार्टी आर्थिक,सामाजीक,राजनैतिक, साँस्कृतीक र संगठनात्मक रुपमा सबै भन्दा अगाडी भएको बताउदै नेता कार्यकर्ताहरुले जनताका विचमा रहेर जनताका कामहरु गर्नु पर्ने बताए । ८४ मा हुने निर्बाचनमा सबै क्षेत्रबाट उम्मेदारी दिएर निर्बाचनमा जाने पार्टीले निर्णय गरेको बताउदै उनले विचको समय जनताका लागी खर्च गर्नु पर्ने बताए ।

पार्टीका स्थायी समिति सदस्य रणवीर सिको अध्यक्षताम सम्पन्न कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रिय सदस्य समरले गरेका थिए भने उपश्थित नेता कार्यकर्ताहरुलाई स्वागत पोलीटब्युरो सदस्य विकल्प सिले गरेका थिए । पार्टीका पोलीट ब्युरो सदस्य असल सिले सम्बोधन गरेका थिए । स्थायी समिति सदस्य रणविरले रचना र सृजनाको माध्यामबाट एकिकृत जनक्रन्तीलाई सम्पन्न गर्नु पर्ने बताउदै सकिदै गएको कम्युनिष्टलाई नेकपाले बचाउनु पर्ने जिम्मेवारी थपीएको बताए ।

उनले सुदूरपश्चिम क्रान्तिको उर्बर भूमी भएको बताउदै अझै मलजलगरी क्रान्तीकारीहरु जन्माउन असल कार्यहरु गर्दै जानु पर्ने बताए । त्यसैगरी कार्यक्रम्मा विभिन्न पार्टीबाट दुईदर्जन नेता कार्यकर्ताहरुले पार्टी प्रबेश गरेका छन । डोटीको दीपायल सिल्गढी नगरपालीकाका पूर्ब उपमेयर नेकपाएमालेका प्रेम बहादुर शाहले देश र जनाताको हीतमा काम गनैृ एक मात्र पार्टी विप्लव नेर्तत्वको नेकपा भएकाले जनताको सेवा गर्न नेकपा प्रबेश गरेको बताए ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र