"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कानुन निर्माणमा ढिलाइ हुँदा प्रदेशमा समस्या आएको मुख्यमन्त्री शाहको भनाई

No data was found

Khabar Raftar

माघ ०७ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले संघीय सरकारका कारण कानुन निर्माणमा ढिलाइ हुँदा प्रदेशमा समस्या आएको बताएका छन । सुदूरपश्चिम प्रदेशसभाको स्थापना दिवशलाई समबोधन गर्दै मुखयमन्त्री शाहलले संघीय सरकारले निर्माण गर्नुपर्ने ऐन, नियम, र कानुन समयमै तर्जुमा नभएकाले प्रदेश स्तरमा नीति तथा कानुन निर्माणमा समस्या आएको बताएका हुन ।

संघीय निजामती सेवा ऐन जारी नभए पनि प्रदेश सरकारले प्रदेश निजामति ऐन तथा नियमावली जारी गरी कर्मचारी नियूक्ती र व्यस्थापनका कार्यहरु अगाडी बढाएको उनले बताए । यसका साथै स्थानिय सेवा संचालन सम्वन्धी ऐन छलफलमा रहेको र प्रदेश सरकारले पारीत गरेका ऐन कानुनलाई आवश्यकता अनुसार परीमार्जन र संशोधन गरिरहेको उनले बताए ।

हालसम्म प्रदेश सरकारले ४३ वटा ऐन, ७ वटा नीति, १६ वटा नियमावली, र विभिन्न निर्देशिका तथा कार्यविधिहरू तर्जुमा गरी कार्यान्वयनमा ल्याएको उनले जानकारी गराए । अझै केही विधेयकहरू जस्तै स्थानीय सेवा ऐन र प्रज्ञा प्रतिष्ठान सम्बन्धी विधेयक संसदमा विचाराधीन रहेको उनले बताए । यस्ता विधेयकहरू संसदबाट समयमै पारित गर्न माननीय सभामुखको सक्रिय नेतृत्वमा संसदलाई थप क्रियाशील बनाउनेतर्फ जोड हुने बिश्वास गरिएको उनले बताए ।

मुख्यमन्त्री शाहको मन्तव्यको पूर्ण पाठ यस प्रकार छ ः–
कार्यक्रमका अध्यक्ष मा. सभामुखज्यू, माननीय प्रदेशसभा सदस्यज्यूहरू, सम्पूर्ण अतिथिज्यूहरू सर्वप्रथम, यस सुदूरपश्चिम प्रदेश सभा स्थापना दिवस २०८१ को उपलक्ष्यमा म यहाँ उपस्थित सम्पूर्ण माननीय सदस्यज्यूहरू, अतिथिहरू र सम्पूर्ण प्रदेशवासीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु साथै यो अवस्था सम्म ल्याई पुर्याउनु हुने सबैलाई सम्झन चाहन्छु र ज्ञात अज्ञात शहीदहरु प्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछु । यो ऐतिहासिक दिन संघीयताको यात्रामा प्रदेश सभाको महत्त्वलाई सम्झने, प्राप्त उपलब्धिहरूलाई मूल्यांकन गर्ने, र आगामी मार्गचित्र तय गर्ने अवसर हो ।

संघीय शासन प्रणाली नेपालका लागि नौलो र पहिलो अभ्यास हो । नेपालमा लामो समयसम्म कार्यान्वयमा आएको एकात्मक र केन्द्रीकृत शासन प्रणालीले सिर्जना गरेका थुप्रै समस्याहरूलाई समाधान र सम्बोधन गर्न भन्दै मुलुकमा संघीयताको अवधारणा ल्याई २०७२ मा संविधान जारी भए पश्चात् संघीय शासन प्रणाली सुरु भयो ।

देशको विविधतालाई संरचनात्मक रूपले सम्बोधन गर्दै उपयुक्त शासन, सुशासन, दिगो शान्ति र समृद्धि हासिल गर्न संघात्मक शासन प्रणाली बढी प्रभावकारी हुने अपेक्षाबाट राज्यको पुर्नसंरचना गरिएको हो । पहिले पनि केन्द्रीय सरकार र स्थानीय निकायको रुपमा स्थानीय सरकार थियो । त्यसैले, संघीयताको नयाँ अभ्यास भनेकै प्रदेश सरकार हो । यो संविधानले परिकल्पना गरेको संघीयताको मियो भनेकै प्रदेश हो र प्रदेश नै संघीयताको सफल अभ्यास हो ।

नेपालको संविधान जारी भएसँगै संघीय लोकतान्त्रिक गणतन्त्रको संरचनामा तीन तहका सरकारहरूको स्थापना भएको छ । यस प्रणालीले राज्यका सबै तहमा समतामूलक विकास र समृद्धि सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । प्रदेश सरकार जनताको पिरमर्का, आवश्यकता र आकांक्षाहरूलाई नजिकबाट नियाल्ने र सम्बोधन गर्ने निकायको रूपमा काम गर्दै आएको छ । यस उद्देश्यलाई आत्मसात् गर्दै सुदूरपश्चिम प्रदेशले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र सामाजिक क्षेत्रहरूमा महत्त्वपूर्ण प्रगति गर्दै आएको छ ।

प्रदेश सरकारले थुप्रै चुनौतीहरूको सामना गर्नुपरेको छ । सुदूरपश्चिम प्रदेशको भौगोलिक र सामाजिक परिस्थितिका कारण गरिबीको दर अन्य प्रदेशको तुलनामा उच्च रहेको छ । यस अवस्थालाई परिवर्तन गर्न प्रदेश सरकारले थप प्रभावकारी योजना अघि सार्नुपर्ने आवश्यकता रहेको छ । संघीयताको कार्यान्वयनसँग जोडिएका केही समस्याहरूले प्रदेश सरकारका गतिविधिलाई केही हदसम्म प्रभावित पारेका छन् ।

प्रदेश सरकारले संघीयता कार्यान्वयनका साथै विकास समृद्धी र सुशासनलाई केन्द्र विन्दुमा राखेर कार्यसम्पादन गरीरहेको छ । संघियताले सबै जातजाती वर्ग समुदायका मानिसहरुलाई जोड्न सफलता प्राप्त गरेको छ भने विकासमा जनताको साझेदारी, अपनत्व र सहकार्यलाई अगाडी बढाएको छ । अहिले पनि संविधानमा उल्लेख भएका अधिकारहरु प्रदेश तहमा आईनपुगेकोले प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी पटक पटक संघिय सरकार संग कुरा उठाउदै आएको सबैमा जगजायर छ ।

यस अवसरमा, प्रदेश सरकार आफ्नो कार्यसम्पादनलाई अझै प्रभावकारी बनाउँदै नागरिकका आकांक्षाहरू पूरा गर्न पूर्ण प्रतिबद्ध छ । प्रदेश सभाको सक्रियता र सहयोगबिना यी सबै कार्यहरू सफल हुन सक्दैनन् । तसर्थ, माननीय सभामुखज्यू र सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई आवश्यक ऐन कानुन निर्माण र कार्यान्वयनमा सहकार्य गर्न आह्वान गर्दछु ।

साथै जनभावना र जनआकांक्षा अनुरुप सामाजिक, आर्थिक तथा भौतिक बिकासलाई मुख्य आधार बनाई अगाडी बढन प्रदेश सभामा रहेका राजनितिक दल र आम नेपाली दाजुभाई दिदिबहिनीलाई अग्रह गद्र्छु । यस स्थापना दिवसको अवसरमा लोकतन्त्रको स्थापना र सस्थागत बिकास तथा यस प्रदेशको सामाजिक तथा आर्थिक रुपान्तरणको अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्पुर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

यस विशेष अवसरमा आफ्नो भनाइ राख्ने अवसर दिनुभएकोमा म माननीय सभामुखज्यू र सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । प्रदेश सभाको यो यात्रालाई अझ सुदृढ बनाउन सबैको साथ, सहयोग, सहकार्य र सहभागिता अपरिहार्य छ र प्रदेश सरकार यसका लागि प्रतिबद्ध रहेको कुरा विश्वास दिलाउन चाहन्छु ।

अन्त्यमा पुनः यस प्रदेशसभा दिवस २०८१ को उपलक्ष्यमा माननीय सभामुखज्यू माननीय सदस्यज्यूहरू लगायत सम्पूर्ण महानुभावहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै म आफ्नो भनाइ यही अन्त्य गर्न चाहन्छु ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र