"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गृहमन्त्री लेखकद्वारा प्रधानमन्त्री ओलीले दिएकोे अभिब्यक्तिको बचाऊ

No data was found

Khabar Raftar

पौष २७ धनगढी । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्तिको बचाऊ गरेका   छन । धनगढीको डिभोटी होटेलमा आफ्ना पार्टीका नेता कार्यकर्ताहरू समक्ष गृहमन्त्री लेखकले प्रधानमन्त्री ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्तिको बचाऊ गरेका हुन ।

आर्थिक मामिला मन्त्री बहादुर थापा, राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्र लगायत आधा दर्जन बढि प्रदेश सभा सदस्यहरूकाबीच गृहमन्त्री लेखकले प्रधानमन्त्री वलीले दिएको अभिव्यक्तिको बचाऊ गरेका हुन । संविधान संशोधन नगर्ने भन्दा पनि राष्ट्रिय सभामा बहुमत नपुग्ने भएकाले ०८७ मा संविधान संशोधन हुन्छ भन्नु भएको बताउदै उनले वलीको अभिब्यक्तिको बचाऊ गरेका हुन ।

प्रधानमन्त्रीले अहिल्यै त्यसो नभन्नु भएको भए हुने भन्दै उनले बहुमत नपुग्ने भएकाले त्यसो भनेको पार्टीका सांसद र मन्त्रीहरूलाई बताएका हुन । एमालेको केन्द्रीय कमिटी बैठकमा पुस २३ गते ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका थिए ।

कांग्रेस–एमाले बीच असार १७ गते भएको सातबुँदे सहमतिमा संविधान संशोधन गरिने उल्लेख भए पनि प्रधानमन्त्रीले ०८७ मा मात्रै संविधान संशोधनको कुरा गरेपछि अहिले विपक्षी दलहरूमा मात्रै नभई काङ्ग्रेस भित्रै पनि तरङ्ग फैलिएको   छ ।

दुई दिनका लागि सुदूरपश्चिम आएका लेखकले शुक्रवार बिहान चिया भेटघाटका क्रममा आफ्ना सांसदहरूलाई प्रधानमन्त्रीको नियत संविधान संशोधन नगर्ने तर्फ नगएको स्पष्ट पार्दै बहुमतका कारण अहिल्यै हुन नसक्ने बताएका थिए ।

गृहमन्त्री लेखकलाई प्रदेश सभा सदस्य पदम बहादुर शाहीले संविधान संशोधनका विषयमा पहिल्यै पार्टी स्पष्ट हुनु पर्ने बताएका थिए । उनले प्रदेश बलियो बनाउने गरी र आर्थिक भार कम गर्नेगरी संविधान संशोधन हुनुपर्ने बताएका थिए ।

कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले प्रदेश बलियो बनाउनु पर्ने र गठबन्धन टिकाउनु पर्ने विषयमा जोड दिएका थिए ।‘ प्रदेश सांसद मानबहादुर रावलले पनि जनताले सुशासन र विकास खोजिरहेको बताएका थिए । भेटमा केही सांसदहरू बाहेक अधिकांशले आफ्नो धारणा राखेका थिए ।

उनीहरु मध्ये धेरैले संविधान संशोधनका विषयहरू प्रस्ट हुनुपर्ने बताएका थिए । आफू गृहमन्त्री भएपनि नेता कार्यकर्ताहरूसँग केही टाढा भएको जस्तो आभास भएको, फोन समेत उठाउन नपाएको भन्दै गृहमन्त्री लेखकले सुरुमै प्रस्टीकरण दिएका थिए । उनले प्रधानमन्त्रीको बोलीको बचार्उँ गर्दै संविधान संशोधनका विषयमा छलफलहरू भइरहेको बताएका थिए ।

गृहमन्त्री लेखकले गठबन्धन आगामी निर्वाचन सम्मै जाने दाबी गरेका थिए । एमालेसँग सत्ता गठबन्धन गरेर सरकार सञ्चालन भइरहे पनि प्रतिस्पर्धी पार्टी हो भन्ने भुल्न नहुने गृहमन्त्री लेखकले बताएका थिए ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन