"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

गृहमन्त्री लेखकद्वारा प्रधानमन्त्री ओलीले दिएकोे अभिब्यक्तिको बचाऊ

Khabar Raftar

पौष २७ धनगढी । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्तिको बचाऊ गरेका   छन । धनगढीको डिभोटी होटेलमा आफ्ना पार्टीका नेता कार्यकर्ताहरू समक्ष गृहमन्त्री लेखकले प्रधानमन्त्री ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्तिको बचाऊ गरेका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

आर्थिक मामिला मन्त्री बहादुर थापा, राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्र लगायत आधा दर्जन बढि प्रदेश सभा सदस्यहरूकाबीच गृहमन्त्री लेखकले प्रधानमन्त्री वलीले दिएको अभिव्यक्तिको बचाऊ गरेका हुन । संविधान संशोधन नगर्ने भन्दा पनि राष्ट्रिय सभामा बहुमत नपुग्ने भएकाले ०८७ मा संविधान संशोधन हुन्छ भन्नु भएको बताउदै उनले वलीको अभिब्यक्तिको बचाऊ गरेका हुन ।

प्रधानमन्त्रीले अहिल्यै त्यसो नभन्नु भएको भए हुने भन्दै उनले बहुमत नपुग्ने भएकाले त्यसो भनेको पार्टीका सांसद र मन्त्रीहरूलाई बताएका हुन । एमालेको केन्द्रीय कमिटी बैठकमा पुस २३ गते ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका थिए ।

कांग्रेस–एमाले बीच असार १७ गते भएको सातबुँदे सहमतिमा संविधान संशोधन गरिने उल्लेख भए पनि प्रधानमन्त्रीले ०८७ मा मात्रै संविधान संशोधनको कुरा गरेपछि अहिले विपक्षी दलहरूमा मात्रै नभई काङ्ग्रेस भित्रै पनि तरङ्ग फैलिएको   छ ।

दुई दिनका लागि सुदूरपश्चिम आएका लेखकले शुक्रवार बिहान चिया भेटघाटका क्रममा आफ्ना सांसदहरूलाई प्रधानमन्त्रीको नियत संविधान संशोधन नगर्ने तर्फ नगएको स्पष्ट पार्दै बहुमतका कारण अहिल्यै हुन नसक्ने बताएका थिए ।

गृहमन्त्री लेखकलाई प्रदेश सभा सदस्य पदम बहादुर शाहीले संविधान संशोधनका विषयमा पहिल्यै पार्टी स्पष्ट हुनु पर्ने बताएका थिए । उनले प्रदेश बलियो बनाउने गरी र आर्थिक भार कम गर्नेगरी संविधान संशोधन हुनुपर्ने बताएका थिए ।

कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले प्रदेश बलियो बनाउनु पर्ने र गठबन्धन टिकाउनु पर्ने विषयमा जोड दिएका थिए ।‘ प्रदेश सांसद मानबहादुर रावलले पनि जनताले सुशासन र विकास खोजिरहेको बताएका थिए । भेटमा केही सांसदहरू बाहेक अधिकांशले आफ्नो धारणा राखेका थिए ।

उनीहरु मध्ये धेरैले संविधान संशोधनका विषयहरू प्रस्ट हुनुपर्ने बताएका थिए । आफू गृहमन्त्री भएपनि नेता कार्यकर्ताहरूसँग केही टाढा भएको जस्तो आभास भएको, फोन समेत उठाउन नपाएको भन्दै गृहमन्त्री लेखकले सुरुमै प्रस्टीकरण दिएका थिए । उनले प्रधानमन्त्रीको बोलीको बचार्उँ गर्दै संविधान संशोधनका विषयमा छलफलहरू भइरहेको बताएका थिए ।

गृहमन्त्री लेखकले गठबन्धन आगामी निर्वाचन सम्मै जाने दाबी गरेका थिए । एमालेसँग सत्ता गठबन्धन गरेर सरकार सञ्चालन भइरहे पनि प्रतिस्पर्धी पार्टी हो भन्ने भुल्न नहुने गृहमन्त्री लेखकले बताएका थिए ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा