पौष २५ धनगढी । कैलालीको गोदावरीबाट अवैध कपडा बरामद गरिएको छ । अस्थायी प्रहरी पोस्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका वडा नम्बर– ४ गोदावरी स्थित सडक किनारबाट बेवारिसे अवस्थामा कपडा बरामद गरिएको हो ।
भन्सार छलीका ५७ हजार मूल्य बराबरको सामान बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी गराएको हो । बरामद गरिएका कपडा भन्सार कार्यालय कैलाली बुझाइृएको प्रहरीले जानकारी गराएको ।
Post Views: 16