"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हुलाकी राजमार्ग निर्माणमा बजेट अभाव

No data was found

Khabar Raftar

पौष १८ धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माण भइरहेको हुलाकी राजमार्ग निर्माणमा बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा हुलाकी राजमार्ग निर्माणका लागि सङ्घीय सरकारले दिएको बजेट मध्ये गत आर्थिक बर्षको दायित्व भुक्तानीमै सकिए पछि बजेट अभाव भएको हो ।

हुलाकी राजमार्गको आयोजना कार्यालय धनगढीका अनुसार चालु आथिक बषमा सरकारले ३२ करोड ५० लाख रुपियाँ बजेट पठाएकोमा २० करोड ६५ लाख गत आर्थिक बर्षको दायित्व भुक्तानीमै सकिएको बताईएको छ । बाँकी रकम निर्माण कम्पनीलाई साउन देखि असोज सम्मको काम गरेबापतको भुक्तानी गर्दा सकिएको जनाइएको छ ।

चालु आर्थिक बर्षका लागि सरकारले पठाएको बजेट सकिएकाले अहिले बजेटको अभाव भएको हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले बताए । थप बजेट मागका लागि प्रक्रिया अगाडि बढाएको उनले बताए । चालु आर्थिक बर्षमा बजेट नरहे पनि निर्माण कम्पनीले काम भने नरोकेको उनले बताए ।

कैलालीको लम्की–टीकापुर खण्ड, भजनी–धनगढी लगायतमा काम भइरहेको उनले बताए । थप बजेट मागका लागि सडक विभागमा टिप्पणी फाइल पठाएको बताउदै प्रमुख लामिछानेले बजेट अभाव भए पनि अहिले सम्म काम नरोकिएको बताए । थप बजेट नआए काम पूरा गर्न समस्या हुने बताउदै उनले चालु आर्थिक वर्षको हाल सम्म निर्माण कम्पनीले २० करोड रुपैया बराबरको काम गरिसकेको बताए ।

रकम भुक्तानीका लागि आयोजना कार्यालयसँग बजेट नभएको उनले बताए । कैलालीमा विभिन्न खण्डमा विभाजन गरेर छुट्टाछुट्टै ठेक्का मार्फत हुलाकी राजमार्ग निर्माणको काम भइरहेको छ । कतिपय खण्डको काम पूरा भइसकेको छ भने कतिपय ठाउँको काम अन्तिमतिर पुगेको छ । धनगढी देखि भजनी सम्म हुलाकी राजमार्ग स्तरोन्नतिको काम चालु आर्थिक बर्षमा सक्ने आयोजना कार्यालयको लक्ष्य रहेको उनले बताए ।

यो खण्डमा हाल धनगढी उपमहानगरपालिका वडा नम्बर–१९ र कैलारी गाउँपालिका वडा नम्बर–४ क्षेत्रमा काम भइरहेको उनले बताए । बजेटका कारण समस्या नभएमा धनगढी देखि भजनी सम्मको स्तरोन्नतिको काम चालु आर्थिक बर्षभित्रै पूरा हुने प्रमुख लामिछानेले बताए । अरू क्षेत्रमा पनि प्रगति हुने बताउदै उनले प्रमुख काम सकिने बताए ।

केही ठाउँमा पुल निर्माण लगायतका काम बाँकी रहन सक्ने उनले बताए । हुलाकी राजमार्ग अन्तरर्गत कञ्चनपुरको दोदा नदीमा पुल निर्माण भइरहेको उनले बताए । त्यसैगरी धनगढी उपमहानगरपालिका धनगढी गाउँ र वडा नम्बर १ र २ जोड्ने खोलामा पुल बन्न बाँकी रहेको बताउदै उनले पुलको काम सम्पन्न हुन अझै समय लाग्ने बताए ।

कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको काम चालु आर्थिक बर्षमै पूरा गर्ने लक्ष्य रहेको उनले बताए । जम्मा ४२ किलोमिटर बन्ने राजमार्गको चार÷पाँच किलोमिटरमा निर्माणको काम बाँकी रहेको उनले बताए । कञ्चनपुरमा सबै काम यसै आर्थिक बर्ष भित्र सक्ने लक्ष्य रहेको प्रमुख लामिछानेले जानकारी गराए ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र