"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

१५ औ महाधिबेशनमा गगन थापा सभापति हुन्छन ः युवा नेता मल्ल

No data was found

Khabar Raftar

प्रदिप मलासी,पौष १५ बझाङ्ग । नेपाली राजनितिकको मुलधारमा रहेका राजनितिक दलहरु यति बेला विभिन्न गुट उपगुटमा बिभक्त हुने र राजनितिक शक्ति जमाउने कार्यमा लागि रहेका बेला नेपालका युवाहरु पनि नेतृत्व तहमा पुग्ने अंकगणितिय खेलमा सक्रिय देखिन थालेका छन । राजनितिलाई परम्परागत शैलीमा चलाउने र युवालाई नेतृत्व सुम्पिन नचाहाने मनोबृति रहेकाले बृद्व नेताहरुको नेतृत्वमा प्रश्न उठाउने युवा नेताको संङख्यात्मक बृद्विका कारण पछिल्लो समयमा नेपाली राजनितिक पृष्ठमा पनि सरकार र पार्टीको नेतृत्वमा युवाहरुको नेतृत्व हुनु पर्ने युवाहरुको आवाज उठन थालेको छ ।

युवाहरुलाई बिदेश पस्न बाध्य हुने खालका सरकारका विभिन्न नीति योजनाले उतिकै पनि युवा वर्ग निराश देखिएका बेला युवा संक्रियताले मुलुकको स्वरुप बदल्न सकिन्छ भन्ने आशा पनि युवाका लागि नेतृत्व हतमा पहुँच बिस्तार गर्ने एक प्रकारको एजेण्डा बनेका बेला नेपाली राजनितिक को मुलधारमा रहेका नेपाली काँग्रेस,   एमाले र माओवादीमा पनि युवा नेताहरुको सहभागिता निकै उत्साहजन देखिन थालेको छ ।

नेपाली काँग्रेसको १५ औ महाधिबेशनको पूर्व सन्ध्यामा अबको नेतृत्व कसले लिने भन्ने बिषयमा कार्यकर्ता तहमा होडबाजि चलिरहेका बेला नेपाली काँग्रेस बझाङ्गका महाधिबेशन प्रतिनिधि युवा नेता इश्वर मल्ल भने अबको काँग्रेस सभापति गगन थापा हुने ठोकुवा गरिरहेका छन । अब देश चलाउन पार्टीको नेतृत्व युवालाई सुम्पेर बुद्व नेताहरुले काँग्रेस बचाउन अभिभावकिय रुपमा सल्लाह दिनु आजको राजनितिक आवाश्यकता भएको उनले बताएका छन ।

गगन थापा जतिकै युवाले नेपाली काँग्रेसको सभापति भएर देश हाक्ने हिक्मत गर्नु नै लोकतन्त्र बलियो भएर जानू भएको उनले बताएका छन । नेपाली राजनितिकमा ७ दशक देखि एकै अनुहार राजनितिकमा देखिनाले जनतामा निराशापन आएकाले हरेक निर्वाचनमा स्वतन्त्र व्यक्तिको बिजय सुनिश्चित हुने भएकाले अबको काँग्रेस युवा नेतृत्वसंग नजिक भएको आभास गराउन भए पनि गगन थापा सभापति हुनु जरुरी भएको नेता मल्लले बताए ।

नेपाली काँग्रेस यस्तो पार्टी हो जसले २९ वर्षको उमेरमा बि पि कोईरालालाई पार्टी सभापतिको जिम्मा दिएर निरकुस राणा शासकका बिरुद्व लडेर ब्यवस्था परिवर्तन गर्न अग्रसर रहेको दल भएकाले गगन थापा सभापति बन्ने कुरामा कोहि कसैले कुनै आशंका गर्नु पर्ने अबस्था नरहेको नेता मल्लको जिकिर छ ।

नेपाल बिध्यार्थी संघवाट राजनितिक यात्रा शुभारम्भ गरेका युवा नेता इश्वर मल्ल नेपाल बिध्यार्थी संघ बझाङ्गका पूर्व जिल्ला अध्यक्ष , नेपाल बिध्यार्थी संघ बिश्वबिध्यालय समितिका पूर्व उपाध्यक्ष , १४ औ महाधिबेशन प्रतिनिधि , केन्द्रीय सदस्यका प्रत्यासी काँग्रेस भातृ संस्था नेपाल तरुण दलका वर्तमान केन्द्रीय सदस्य हुन ।

किशोरावस्था देखि राजनितिक बाटो छिचलदै अगाडि बढेका नेता मल्ल आउदो १५ औ महाधिबेशनमा भने गगन थापाको गुटवाट बझाङ्ग जिल्लाको पार्टी सभापति वा नेपाली काँग्रेसको केन्द्रीय सदस्यको उम्मेद्वार बन्ने गहिरो दाउ खोजि रहेका छन ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र