पौष १५ धनगढी । नेकपा (एमाले) बाट निष्कासित भीम रावलले वाम, प्रजातान्त्रिक समेटेर गैरकम्युनिस्ट पार्टी बनाउने भएका छन् ।
रावलले बुधबार नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँगको छलफलमा आफूले परम्परागत ढाँचाका कम्युनिस्ट पार्टी गठन नगर्ने बताएका हुन् ।
उनले आफूले बनाउने पार्टी कम्युनिस्ट पार्टी नरहने बताएको जोशील जानकारी गराए । उनले आगामी पुस १७ गते कार्की पार्टी बैंक्वेटमा पत्रकार सम्मेलन गरेर पछिल्लो राजनीतिक अवस्थाबारे आफ्ना नीति, विचार र दृष्टिकोण सार्वजनिक गर्ने जानकारी गराए ।
त्यसलगत्तै देश दौडाहामा निस्कने तयारी गरेका रावलले आफ्ना विचारसँग सहमत राख्ने देभभरिका नेता–कार्यकर्तासँग अन्तरक्रिया पनि गर्ने तयारी गरेका छन् । त्यसपछि मात्रै पार्टी घोषणा गर्ने उनीनिकटले बताएका छन् ।
उनीनिकट एकिन्द्र कुँवरले वाम, प्रजातान्त्रिक, प्रगतिशील र देशभक्तहरूको नयाँ पार्टी बन्ने जानकारी दिए । रावललाई गत पुस १० गते एमालेले संगठित सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।


