"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमका पूर्व मन्त्री र सांसद भिम रावलको पक्षमा, ओलीको बिरोध

No data was found

Khabar Raftar

पौष १२ धनगढी । पार्टीबाट निष्कासन गर्ने केन्द्रीय सचिवालयको निर्णय विरुद्ध एमाले पूर्व उपाध्यक्ष भीम रावल औपचारिक प्रतिवादमा उत्रने भएका छन् । दुई–तीन दिन भित्र पत्रकार सम्मेलन गरेर आफूमाथि लागेका आरोपको खण्डन र प्रतिवाद गर्ने तथा आगामी कदम सार्वजनिक गर्ने उनको तयारी रहेको छ । पार्टीबाट निष्कासन गरिए पछि केन्द्रिय सदस्य झपट रावलले ‘हिजोका दिनमा अध्यक्षले नै पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यासको नीति अगाडि सारेको बताउदैे, अभ्यास पनि भएको बताए ।

अध्यक्षमा लडेकै कारण भीम रावललाई जिम्मेवारी विहीन बनाएर अन्ततः पार्टीविहीन बनाएर निकालेको बताए । गम्भीर र दुःखद निर्णय भएको बताउदै उनले रनवलको कारबाही आन्तरिक लोकतन्त्रको हिसाबले गलत भएको बताए । उक्त कारबाहीले सुदूरपश्चिममा मात्र नभई देशभरि ठुलो क्षति पुग्न सक्ने बताए । रावल पार्टी नछाड्ने पक्षमा भएको बताउदै उनले आफुहरुले पनि नछाड्न आग्रह गरिरहेको बताए ।

पार्टीबाटै निकालेपछि अब विकल्प नभएको बताउदै उनले पार्टीले निर्णय सच्याउने बाहेक अरू कुनै विकल्प नभएको बताए । भीम रावलमाथिको कारबाही भन्दा पनि पार्टीभित्र आन्तरिक लोकतन्त्रको वकालत गर्ने अध्यक्षले यस्तो अप्रिय निर्णय नसच्याए जीवनको उत्तराद्र्धमा मात्र होइन, इतिहासले अन्यथा मूल्यांकन गर्ला भन्ने ठुलो चिन्ता भएको बताए ।

विचार नमिल्नेहरूलाई पार्टी बलियो बनाउने भन्दै भित्र्याइरहेको बताउदै उनले रावललाई निकाल्दा विरोधीले सहजै आरोप लगाउने बताए । त्यसैगरी केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदश सरकारका पूर्व मन्त्री प्रकाश बहादुर शाहले पनि पार्टी निर्णयको बिरोध गरेका छन् । शाहले पार्टीको यो गलत निर्णय भएको बताए । निकै दुखद् निर्णय गरेको बताउदै उनले पार्टी एकताबद्ध भएर जानुपर्ने समयमा सहयोद्धालाई कार्वाही गरिनु गलत भएको बताए ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारका पूर्ब मन्त्री कृष्णराज सुवेदीले भिम रावल जस्तो नेतालाई पार्टीबाट निस्कासन गर्नु केपी ओलीको निरकुंस र स्वेच्छाचारी कदम भएको बताएका छन् । पार्टीले भन्दा पनि केपी ओलीको निरकुंस र स्वेच्छाचारी निर्णय भएको बताउदै उनले तानासाही प्रवृती भएकोब ताए ।

सुदूरपश्चिमको राष्ट्रवादी नेतालाई कार्वाही गरिनु खेदजनक भएको उनले बताए । त्यसैगरी एमाले सुदूरपश्चिम प्रदेशका उप सचिव नर बहादुर बि.कले पनि भिम रावल माथीको कार्वाही गलत भएको बताए ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र