मंसिर १७ बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचना कुमारी भण्डारी बुढा विजयी भएकी छन् ।
बुढाले एक हजार ७ सय ४० मत प्राप्त गरेर विजयी भएकी हुन । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले एक हजार ४ सय ७४ मत पाएकी छिन ।
नेकपा एकीकृत समाजवादीकी जवा शाहीले पाँच सय ५३ मत प्राप्त गरेकी छन् । कुल सात हजार ४ सय ६० मतदाता रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार भएको उपनिर्वाचनमा तीन हजार ९ सय ३ मत खसेको थियो ।
२०७९ सालको निर्वाचनमा विजयी कांग्रेसकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा उपनिर्वाचन भएको हो ।
Post Views: 23