मंसिर १७ बझाङ । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर–४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार धिरेन्द्र पुजारा विजयी भएका छन् । पुजाराले ६ सय ५७ प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार लठिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरे । त्यसैगरी माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत प्राप्त गरे ।
उक्त वडामा यस अघि एमालेले जितेको थियो । एक हजार ५ सय ५४ मतदाता रहेको सुर्मा गाउँपालिका वडा नम्बर–४ मा आइतबार भएको उपनिर्वाचनमा एक हजार १ सय ७८ मत खसेको थियो ।
Post Views: 76


