"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्थानीय सरकारले धरौटी राखेर टीकापुर र साँफेबगर विमानस्थलमा उडान भर्ने

No data was found

Khabar Raftar

मंसिर ११ धनगढी । तारा एयर प्रालिले सर्त सहित टीकापुर र साँफेबगर विमानस्थलमा उडान भर्ने भएको छ । विमान कम्पनी र टीकापुर तथा साँफेबगर नगरपालिकाबीच मंसिर २ गते १४ बुँदे सम्झौता भए पछि तारा एयरले उडान भर्ने भएको हो । सम्झौता पत्रमा दुईटै पालिकाले उडानका क्रममा सिटको ग्यारेन्टी लिनुका साथै धरौटी समेत राख्नुपर्ने उल्लेख गरिएको छ ।

टीकापुर नगरपालिकाले काठमाण्डौं–टीकापुर–काठमाण्डौ र साँफेबगर नगरपालिकाले टीकापुर–साँफेबगर–टीकापुर उडानमा १५्÷१५ सिटको ग्यारेन्टी लिनुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । टीकापुर–काठमाण्डौंको भाडादर १३ हजार ५ सय र टीकापुर–साँफेबगरको भाडादर ४ हजार ७ सय निर्धारण गरिएको छ ।

जहाजमा सिट खाली भएमा सोही अनुसारको रकम विमान कम्पनीलाई तिर्नुपर्ने सम्झौता गरिएको छ । यात्रु सेवा शुल्क र विमानस्थल सेवा शुल्क यसैमा जोडिएको सम्झौतामा उल्लेख गरिएको छ । सम्झौताको बुँदा ४(घ) मा इन्धनको मूल्य घटबढ हुँदा भाडादर पनि सोही अनुसार फेरबदल हुनेमा दुवै पालिका मञ्जुर रहेको उल्लेख छ । सोही बुँदाको (ख) मा अन्य विदेशी नागरिकहरुको हकमा भने तारा एयरले तोके बमोजिम हुने बतार्ईएको छ ।

शर्त अनुसार पालिकाहरुले पाँच फ्लाईट बराबर भाडाको रकम अग्रिम धरौटी बुझाउनुपर्ने छ । जस अनुसार टीकापुरले १० लाख १२ हजार ५ सय र साँफेबगरले ३ लाख ५२ हजार ५ सय रुपैयाँ धरौटी राख्नुपर्ने छ । महिना समाप्तीको पहिलो हप्ता भित्र हरहिसाब फरफारक गरिने उल्लेख गरिएको
छ । सोही शर्तमा उडान हुँदै जाँदा धरौटी रकम अद्यावधिक गर्नुपर्ने र धरौटी रकम कम भएमा विमान कम्पनीले उडानलाई निरन्तरता नदिने कुरामा तीनै पक्षले मञ्जुरी जनाएका छन ।

विमानका लागि इन्धनको व्यवस्था टीकापुर नगरपालिकाले गर्ने र भुक्तानी विमान कम्पनी आफैले गर्ने उल्लेख छ । दुवै पालिकाले विमान कम्पनीका लागि एक÷एक कोठा निशुल्क दिनुपर्ने र ४्४ जना कर्मचारी आफ्नै खर्चमा उपलब्ध गराउने कुरामा सहमति जनाएका छन । कर्मचारीलाई आवश्यक तालिमको व्यवस्था विमान कम्पनीले निशुल्क उपलब्ध गराउने बताईएको छ ।

सम्झौतामा यात्रुहरुको ब्यागेज तौल्ने उपकरण बाहेक विमानस्थलमा चाहिने आवश्यक पूर्वाधार सम्बन्धित पालिकाले व्यहोर्ने उल्लेख छ । सम्झौता अनुसार यही मंसिर १७ गतेबाट उडान सुरु हुनेछ । प्रत्येक हप्ताको सोमवार उडान हुने बताईएको छ । उडानको रुट काठमाण्डौं–टीकापुर–साँफेबगर र साँफेबगर–टीकापुर–काठमाण्डौं हुनेछ । आवश्यकता अनुसार उडान संख्या थप गर्न सकिने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा दुवै पालिकाले मार्च १ देखी मे १५ र सेप्टेम्बर १५ देखी डिसेम्बर १५ सम्म विमानको उपलब्धता हेरेर हप्तामा कुनै पनि बार उडान सञ्चालन गर्ने कुरा शर्त अनुसार सहमत रहेको जनाएका छन । टिकट बिक्रीको जिम्मा पालिकाहरुले तोकेको ट्राभल्स एजेन्सी वा तारा एयरको अनलाईन सिस्टम मार्फत गरिने बताईएको छ । सम्झौता पत्रमा टीकापुर नगरपालिकाका तर्फबाट नगर प्रमुख रामलाल डगौरा थारुले हस्ताक्षर गरेका छन । उनले सिट ग्यारेन्टी र धरौटी राख्ने कुरामा आफूहरुले सहमति गरेको जानकारी गराएका छन ।

साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुँवरले भने यस बारेमा कुनै जानकारी नभएको बताएका छन । उनले धनगढी–साँफेबगर जहाज सञ्चालन पहिलो प्राथमिकतामा रहेको बताउदै ‘पहिले धनगढी–साँफेबगर चल्नु पर्ने र त्यसपछि टीकापुरको बारेमा पहल गरिनु पर्ने बताए । उने सम्झौता पत्रमा हस्ताक्षर समेत नगरेको बताएका छन । नौजना साक्षी मध्ये साँफेबगरका तर्फबाट रहेका दुई जना साक्षीको नाममा खाली छोडिएको छ ।

टीकापुर नगरपालिकाका तर्फबाट वडा नम्बर ६ का वडाध्यक्ष बलिराम चौधरी र वडा नम्बर ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले हस्ताक्षर गरेका छन । विमान कम्पनीका तर्फबाट सम्झौता पत्रमा ग्राउण्ड ह्याण्डिलिङ तथा कमर्सियल चिफ राप्के छिरिङ शेर्पाले हस्ताक्षर गरेका छन भने साक्षीमा मानव संशाधन तथा प्रशासन विभाग प्रबन्धक विनोद शिवभक्ति र अपरेसन विभाग प्रबन्धक सुमन बराल रहेका छन ।

साक्षीमा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने, टीकापुर उद्योग वाणिज्य संघका कृष्णप्रसाद बजगाई र टीकापुर ट्युसन सेन्टरका लिखराम चौधरीले हस्ताक्षर गरेका छन । २०४२ सालमा सञ्चालनमा आएको विमानस्थल २०५४ सालमा बन्द भएको    थियो । स्थानीय स्तरमा गठित सञ्चालन समितिको पहलमा २०७१ सालमा ‘टेस्ट फ्लाईट’ पनि गरिएको थियो । समितिले यति एयरलाइन्ससँग टीकापुरबाट १६ सिट टिकट बेच्ने सम्झौता गरी साताको एक दिन फ्लाइट गर्ने सम्झौता पनि गरेको थियो । तर त्यो सम्झौता कार्यान्वयनमा आउन सकेको थिएन ।

विमानस्थल पुनः निर्माण गर्नका लागि टीकापुर नगरपालिका बोर्डको निणर्यका आधारमा मालपोत कार्यालय टीकापुरले २०७० सालमा ४ महिना घरजग्गा खरिद विक्री गर्दा विमानस्थलका लागि भनेर १ प्रतिशत अतिरिक्त कर लगाएर रकम संकलन गरेको थियो । मालपोत कार्यालयबाट विमानस्थल सञ्चालनको लागि करिब ३५ लाख रुपैया रकम संकलन भएको थियो । टीकापुर नगरपालिकाको पहलमा विमानस्थलमा २०८१ कात्तिक १२ गते दोस्रो पटक टेस्ट फ्लाईट गरिएको छ । सोही दिन तारा एयरको विमानले उडान भरेको थियो ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो