"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको कैलारीमा अनुदानमा कृषियन्त्र दिने भन्दै किसानबाट करोडौं ठगी

No data was found

Khabar Raftar

साउन २७ धनगढी । कैलालीको कैलारी गाउँपालिकाका ८ सय २९ जना किसानलाई अनुदानको प्रलोभन देखाएर बिचौलियाले करोडौ रुपैया ठगी गरेका छन । पावर टिलर (हाते ट्र्याक्टर) र सिँचाइका लागि पानी तान्ने मोटर ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउने भन्दै बिचौलियाले किसानबाट २५ प्रतिशत रकम अग्रिम भुक्तानी लिएर करोडौ रुपैया ठगी गरेका हुन ।

बिचौलिया संस्था तथा व्यक्तिहरूले सुरुमा किसानहरूलाई ५८ हजार ७ सय ५० जम्मा गरे पावर टिलर र १२ हजार बुझाए सिँचाइ मोटर अनुदानमा उपलब्ध गराउने प्रलोभन देखाएका भए पनि रकम संकलन गर्न खटिएका स्थानीय प्रतिनिधिले पछि सिँचाइ मोटरको १२ हजार भए पनि पावर टिलरको १ लाख देखि १ लाख ३५ हजार सम्म दिनु पर्ने भनेका थिए ।

त्यो रकम पनि सस्तै लागेर किसानले रकम बुझाएका थिए । किसानहरूका अनुसार पावर टिलरको बजार मूल्य करिब अढाइ लाख रुपैयाँ भन्दा बढी पर्छ । सस्तो मूल्यमा कृषि उपकरण पाउने भए पछि कैलारीका विपन्न समुदायका किसान परिवारले विभिन्न जुक्ति निकाल्दै रकम जुटाए । केहीले घरको राँगा, गोरु बेचे, कसैले भैंसी, पाठो–बाख्रो बेचे त कतिपयले गाउँको समूहबाट ब्याजमा कर्जा    झिके । कतिपयले जग्गाजमिन बन्धकी राखेर ऋण झिके ।

असारको पहिलो साताभित्र सामान उपलब्ध गराउने भन्दै गत चैतमा रकम उठाउन सुरु गरिएको किसानले बताएका छन । असार बितिसक्दा सम्म पनि समान नपाए पछि किसानहरूलाई ठगिएको शंका लागेको कैलारी गाउपालीका वडा नम्बर–५ का किसान शिवप्रसाद चौधरीले बताए । एक लाख रुपैयाँमा घरको एक हल राँगा बिक्री गरेर पैसा जुटाएर थप रकम बुझाको बताउदै उनले अहिले त्यो समूह ठग भएको थाहा पाको बताए ।

कैलारी गाउँपालिकाका ९ वटै वडाका ४ सय १५ जना किसानबाट पावर टिलर दिने भन्दै १ लाख देखि १ लाख ३५ हजारका दरले रकम संकलन गरेको पाइएको छ । सिँचाइ मोटरका लागि १२ हजारका दरले ४ सय १४ जना किसानबाट रकम उठाएको पाइएको छ । बिचौलियाले सबैबाट गरी करिब ५ करोड रुपैयाँ उठाएको किसानहरूले बताएका छन । कैलारी गाउपालीका वडा नम्बर–६ का पुरन चौधरीले पावर टिलर दिने भनेर १ लाख ३५ हजार लिइएको बताए । सुरो नामक गैरसरकारी संस्थाले कैलारी गाउँपालिकामा विभिन्न संस्था तथा व्यक्तिको समूह बनाएर रकम संकलनको योजना बनाएको देखिएको छ ।

मुनाफा वितरण नगर्ने संस्थाका रूपमा दर्ता रहेको सुरो नेपालकी अध्यक्ष सुशीला खड्का ओझाको नेतृत्वमा पाँच वटा समूह परिचालन गरी रकम संकलन गरिएको पाईएको हो । काठमाडौंमा दर्ता रहेको बाल सशक्तीकरण संस्थाका अध्यक्ष रहेका योगेश योगी कैलारीकै बासिन्दाको निर्देशनमा स्थानीय शिक्षक विनोद चौधरी, कालीमाई बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कैलारी गाउपालीका वडा नम्बर–५ का अमृत चौधरी, नेपाल सहकारीका अध्यक्ष रामशरण महतो, कैलारीमै रहेको अखुवा सहकारी संस्थाका अध्यक्ष सीताराम चौधरी, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता समेत रहेका पूर्वमन्त्री घनश्याम चौधरीका स्वकीय सचिव शंकर चौधरी किसानबाट रकम संकलन गर्न परिचालित भएको कागजातबाट देखिएको छ ।

त्यस्तै स्थानीय सन्तोष चौधरीको नेतृत्वमा मेलाराम राना, दिनेश संगम र श्रवण चौधरी परिचालित रहेको कागजातबाट देखिएको छ । ‘अनुदानमा पावर टिलर दिन्छौं भनेपछि विश्वासमा परेर मागे अनुसार नै रकम बुझाएको कैलारी गाउपालीका वडा नम्बर–७ की निलु चौधरीले बताईन । सुरो नेपालले परिचालन गरेको बाल सशक्तीकरण संस्थाले स्थानीय जनता माविमा कार्यरत शिक्षक विनोद चौधरीलाई परिचालन गरेर रकम संकलन गरेको थियो । चौधरीले १ लाखका दरले ९५ जना किसानबाट रकम संकलन गरेका थिए ।

नेपाल सहकारी संस्था कैलारी गाउपालीका वडा नम्बर–६ का अध्यक्ष ५३ वर्षीय रामशरण महतोले पावर टिलर उपलब्ध गराउने भन्दै २५ जना किसानबाट १ लाख २५ हजारका दरले ३१ लाख २५ हजार संकलन गरेको पाइएको छ । कालीमाई बहुउद्देश्यीय सहकारी संस्थाका अमृत चौधरीले २ सय ३१ किसानबाट पावर टिलर उपलब्ध गराउने भन्दै २ करोड ६९ लाख ५३ हजार र ४ सय ५५ किसानबाट सिँचाइ मोटर दिने भन्दै ५४ लाख ५२ हजार गरी कुल ३ करोड २४ लाख ५ हजार उठाएको सकारेका छन ।

चौधरीले १ सय ८१ जनाबाट पावर टिलरका लागि संकलन गरेको २ करोड ११ लाख ७७ हजार र ३ सय ६९ जना किसानबाट सिँचाइ मोटरका लागि संकलन गरेको ४४ लाख २८ हजार फिर्ता गरेको गाउँपालिका अध्यक्ष रामसमझ चौधरीले बताए । अखुवाई कृषि सहकारी संस्थाका अध्यक्ष रहेका कैलारी गाउपालीका वडा नम्बर–८ पृथ्वीपुरका ४७ वर्षीय सीताराम चौधरीले ५९ जना किसानबाट पावर टिलर उपलब्ध गराउने भन्दै एक लाख १७ हजारका दरले कुल ६९ लाख ३२ हजार ५ र सिँचाइ मोटर उपलब्ध गराउने भन्दै ३८ जना किसानबाट १२ हजारका दरले ४ लाख ५७ हजार गरी कुल ७३ लाख ८८ हजार ५ सय संकलन गरेको खुल्न आएको छ ।

चौधरीले उक्त रकम संकलन गरेको स्वीकार गरेका छन । किसानहरूको विरोधपछि उनले ३९ लाख २८ हजार सम्बन्धित किसानलाई फिर्ता गरेको दाबी गरेका छन । नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीका स्वकीय सचिव रहेका कैलारी गाउपालीका वडा नम्बर–५ छोटी पलियाका ३७ वर्षीय शंकर चौधरीले २२ जना स्थानीय किसानबाट पावर टिलर उपलब्ध गराउने भन्दै प्रतिपरिवार १ लाख २० हजारका दरले २६ लाख ४० हजार संकलन गरेको पाइएको छ ।

सन्तोष चौधरीको चार जनाको समूहले ४८ जनाबाट १ लाख २५ हजारका दरले ६० लाख संकलन गरेको र हाल उनीहरू सम्पर्कमा नरहेको किसानले बताएका छन । भ्रममा पार्न केही किसानलाई भने सामान दिइएको स्थानीय रेवन्त बोहराले बताएका छन । त्यसैगरी उनीहरूले २३ जनालाई पावर टिलर र एक सय ४० परिवारलाई पानी तान्ने मोटर पनि उपलब्ध गराएका थिए । त्यसबाट अरुलाई पनि आइहाल्छ नि भन्ने भ्रम सिर्जना भएको उनले बताए ।

रकम संकलकहरूले सुरो नेपालकी अध्यक्ष खड्काका नाममा कृषि विकास बैंक रामशाह पथ शाखामा रहेको व्यक्तिगत खाता नम्बर ०८२२५०३०४०२७००१२ मा रकम जम्मा गरेको पाइएको बताएका छन । शिक्षक विनोद चौधरीले ९५ लाख सुशीला खड्का ओझाको व्यक्तिगत खातामा पठाएको बताए । बाल सशक्तीकरण संस्थाका अध्यक्ष रहेका योगेश योगीले कल गर्नुभयो । उनी चिनेजानेको हाम्रै गाउँको मान्छे हुन । उनले भनेपछि पत्याएँ ।

मलाई पनि चाहिन्छ भनेर फारम भरें ।’ त्यसपछि आफूलाई सम्पर्क व्यक्ति तोकिए पछि आफूले १ लाखका दरले ९५ जनाबाट रकम संकलन गरेको हु उनले भने । ‘योगीले नै सबै रकम सुशीलाकै खातामा पठाउन भनेका हुन । अहिले योगी सम्पर्कमा छैनन । म बेहिसाब फसेँ,’ उनले भने । आन्तरिक राजस्व कार्यालय धनगढीमा ०८१ जेठ १३ मा दर्ता भएको सुरो नेपाल मुनाफा वितरण नगर्ने संस्था भएको उल्लेख छ । ०८१ जेठ २० मा उक्त संस्था समाज कल्याण परिषद्मा आबद्ध भएको छ । उक्त संस्थाको कार्यक्षेत्रमा कृषि क्षेत्र उल्लेख छैन ।

सुरो नेपाल दर्ता हुनु अघि देखि नै किसानबाट रकम संकलनको योजना बनाइएको पाइएको छ । उक्त संस्थाकी अध्यक्ष बताउने खड्कालाई टेलिफोन सम्पर्क गर्दा उनले जंगिएर आफूलाई कुरा गर्ने फुर्सद नभएको र कुरा गर्न मन छ भने आइतबार भेटेरै कुरा गर्न भनिन । सर्वसाधारण किसानमाथि यति ठूलो रकम ठगी हुँदासम्म पनि गाउँपालिकाका पदाधिकारी संवेदनशील देखिएका छैनन । ‘यस समस्याको मुख्य जिम्मेवार सुरो नेपाल देखिन्छ ।

कैलारी गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीले हाफुले थाहा पाउँदासम्म किसानबाट स्थानीय प्रतिनिधि परिचालन गरेर रकम संकलन गरिसकेको बताए । ‘हल्लाखल्ला भइसकेपछि रकम संकलक स्थानीय प्रतिनिधिलाई गाउँपालिकामै बोलाएर फिर्ता गर्न भनिसकेको बताउदै उनले कतिपयले रकम फिर्ता गरिसकेको बताए । कतिपयले कागज गरेर समय मागेको उनले बताए । खड्काले कैलालीका अन्य स्थानीय तह र कञ्चपनुर लगायत जिल्लाका किसानबाट पनि रकम संकलन गरेको बताईएको छ ।

कैलारी गाउँपालिकाका अध्यक्ष चौधरीले पनि आफूले कञ्चनपुरको कृष्णपुर, कैलालीको घोडाघोडीका किसानबाट पनि रकम संकलन भएको सुनेको बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कैलारीमा भएको ठगीको विषयमा कुनै उजुरी नपरेको बताए ।

घटना जानकारीमा आइसकेपछि रकम संकलक चार जनालाई झिकाएर सोधपुछ गर्दा उनीहरू नाजवाफ भएपछि पक्राउ गरी थुनामा राखिएको उनले बताए । उजुरी नभएकाले धेरै दिन राख्ने आधार नभए पछि कैलारीकै गन्यमान्यले उनीहरूलाई जिम्माजमानीमा बुझिलिएको उनले बताए । यस प्रकरणमा ठूलै गिरोह संलग्न रहेको आशंका गरेको प्रजिअ मिश्रले बताए ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र