"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका स्थानीय तहको बेरुजु तीन अर्ब ६९ करोड ९६ लाख १७ हजार

No data was found

Khabar Raftar

असार ०६ धनगढी । कैलालीका १३ वटा स्थानीय तहको बेरुजु तीन अर्ब ६९ करोड ९६ लाख १७ हजार पुगेको छ । स्थानीय तहमा ऐन, नियम विपरीत मनपरी तरिकाले बजेट खर्च गर्ने परिपाटीका कारण स्थानीय तहको बेरुजु घट्नुको सट्टा बर्षेनि बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०७९÷८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार प्रत्येक स्थानीय तहमा करोडौँ रुपियाँ नयाँ बेरुजु थपिएको छ ।

कैलालीमा सबैभन्दा बढी बेरुजु घोडाघोडी नगरपालिकाको देखिएको छ । उक्त पालिकाको कुल बेरुजु रकम ४९ करोड ५४ लाख ८३ हजार पुगेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षणबाट यो पालिकाको नयाँ बेरुजु दुई करोड ९८ लाख ९० हजार देखिएको छ । यसअघिको आर्थिक वर्षसम्म घोडाघोडीको बेरुजु ४६ करोड ५८ लाख ६२ हजार रहेको थियो । त्यसैगरी दोस्रोमा गोदावरी नगरपालिकाको रहेको छ ।

गोदावरी नगर पालिकाको बेरुजु ४९ करोड २९ लाख सात हजार रुपैयाँ पुगेको छ ।आर्थिक वर्ष २०७९÷८० लेखापरीक्षणबाट यस पालिकाको नयाँ बेरुजु पाँच करोड ४८ लाख ७७ हजार थप भएको छ । यस अघिसम्मको बेरुजु ४३ करोड ८६ लाख ३१ रुपैयाँ रहेको थियो । तेस्रोमा लम्कीचुहा नगरपालिका देखिएको छ । लम्की चुहाको ४७ करोड छ लाख ४१ हजार रुपैयाँ बेरुजु पुगेको महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षणबाट लम्कीचुहाको नयाँ बेरुजु चार करोड १० हजार रुपैयाँ देखिएको छ । अघिल्लो आर्थिक वर्ष सम्म यस पालिकाको बेरुजु ४३ हजार सात लाख ६६ हजार रहेकोमा एक लाख ३५ हजार रुपैयाँ समपरीक्षण गरिएको थियो । त्यसैगरी धनगढी उप–महानगरपालिकाको कुल बेरुजु ३२ करोड ४८ लाख ७१ हजार पुगेको छ । आर्थिक वर्ष २०७९÷८० मा मात्रै धनगढीको बेरुजु चार करोड ५२ लाख ९३ हजार रुपैयाँ थपिएको छ ।

त्यस्तै, टीकापुर नगरपालिकाको दुई करोड ३७ लाख ७९ हजार नयाँ बेरुजु थप भई ३० करोड २३ लाख ८२ हजार, भजनी नगरपालिकाको चार करोड तीन लाख ८१ हजार थप भई ३२ करोड ६७ लाख ११ हजार रुपैयाँ पुगेको छ । गौरीगङगा नगरपालिकाको बेरुजु तीन करोड ७९ लाख ८० हजार थप भई ३० करोड २२ लाख ४७ हजार रुपैयाँ पुगेको छ । कैलालीमा सबैभन्दा कम १२ करोड ४४ हजार रुपैयाँ बेरुजु जोशीपुर गाउँपालिकाको रहेको छ ।

त्यसैगरी, कैलारी गाउँपालिकाको बेरुजु १४ करोड ६५ लाख, मोहन्याल गाउँपालिकाको बेरुजु २० करोड ८९ लाख ४४ हजार पुगेको छ । त्यस्तै, जानकी गाउँपालिकाको बेरुजु १९ करोड ४७ लाख ६६ हजार पुगेको प्रतिवेदनमा उल्लेख छ । चुरे गाउँपालिकाको बेरुजु १४ करोड १७ लाख ३९ हजार र बर्दगोरिया गाउँपालिकाको बेरुजु १७ करोड २३ लाख ८२ हजार रुपैयाँ पुगेको महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । धेरैजसो स्थानीय तहले पुरानो त्रुटिलाई नसच्याई दोहो¥याउँदै गइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र