"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पश्चिम सेतीको डीपीआर मस्यौदा तयार

No data was found

Khabar Raftar

असार ०५ काठमाण्डौं । दशकौँदेखि रुमल्लिएको ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत परियोजनाको काम अघि बढेको छ । भारतको नेश्नल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेशन (एनएचपीसी) ले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)को मस्यौदा बुझाए पछि आयोजनाको काम अघि बढेको हो । एनएचपीसीले तोकिएको समयमा आयोजनाको डीपीआर मस्यौदा बुझाएको छ । कम्पनीले आयोजनाको डीपीआर मस्यौदा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई बुझाएको हो ।

भारतीय कम्पनी एनएचपीसीले सन् २०२२ को अक्टोबर (२०७९ साल साउन) मा सर्वेक्षणको अनुमति पाएको थियो । सर्वेक्षण अनुमति पाएको मितिदेखि २० महिनामा मस्यौदा र त्यसको ४ महिना पछि अन्तिम प्रतिवेदन बुझाउने सहमति भएको थियो । सहमति अनुसार कम्पनीले समयावधि भित्रै डीपीआर मस्यौदा बुझाएको हो । बोर्डले २०७९ मा ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत परियोजनासँगै ४५० मेगावाट क्षमताको एसआर–६ जलाशययुक्त आयोजनाको सर्वेक्षण अनुमति समेत एनएचपीसीलाई दिएको थियो ।

सम्झौतामा सुरुमा पश्चिम सेतीको डीपीआर तयार पार्ने उल्लेख भए अनुसार कम्पनीले एसआर–६ को भने डीपीआर बुझाएको छैन । चिनियाँ कम्पनी थ्रीगर्जेजसँगको सम्झौता तोडिए पछि बोर्डले पश्चिम सेती भारतीय कम्पनीलाई दिने निर्णय गरेको थियो । चिनियाँ कम्पनी थ्रीगर्जेज र अष्ट्रेलियन कम्पनी स्मेकले पश्चिम सेतीको लाइसेन्स पाएका थिए । तर २०७८ सालको चुनावी दौडका क्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी क्षेत्रमा प्रचार गर्दै भारतीय कम्पनीलाई पश्चिम सेतीको लाइसेन्स दिन लागेको बताएका थिए ।

२०७५ सालमा चिनियाँ कम्पनीसँगको सम्झौता तोडिए पछि ३÷४ वर्ष आयोजना निर्माणको मोडलमाथि बोर्डले अध्ययन गरिरहेको थियो । २७ वर्ष अघि अष्ट्रेलिय कम्पनी स्मेकले पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण लाइसेन्स पाएको थियो । १७ वर्षसम्म आयोजनाको लाइसेन्स कब्जा गरेर १०औँ पटकसम्म अवधि थप गरेपछि सरकारले स्मेकसँगको सम्झौता रद्द गरेको थियो । त्यसपछि सन् २०१२ मा परियोजनाको लाइसेन्स चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिने निर्णय भएको थियो  ।

थ्रीगर्जेजले चीनमा २३ हजार ५०० मेगावाट क्षमताको आयोजना निर्माण गरेकाले पनि ठुला आयोजना बनाउन अनुभव रहेको भन्दै लाइसेन्स दिइएको थियो । तर यो कम्पनीले पनि सोचे अनुरुप आयोजनाको काम अघि बढाउन सकेन । त्यसपछि २०७५ सालमा भएको कम्पनीसँगको अन्तिम वार्ता रद्द भयो । त्यसक्रममा आयोजनाको उत्पादन क्षमता ७५० बाट ६२० मा झारेर अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गर्ने नेपाली पक्षको प्रस्ताव अस्वीकार गरेको थियो । त्यसपछि फेरी एकपल्ट अलपत्र परेको आयोजनाको लाइसेन्स २०७९ सालमा भारतीय कम्पनीलाई दिइएको थियो ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र