जेठ ३२ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेट ३२ देखि ३३ अर्बको हाराहारीमा ल्याउने भएको छ । सरकारले शनिबार ३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने भएको हो । प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार सुदूरपश्चिम प्रदेश सरकारले शनिबार प्रदेश सभामा बजेट प्रस्तुत गर्ने भएको हो ।
सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री सुरेन्द्र् बहादुर पालले दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्ने भएका हुन । अर्थ मन्त्रालय स्रोतका अनुसार चालु आर्थिक वर्षमा २९ अर्ब २६ करोड बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले अगामी वर्षका लागि बजेटको आकार वृद्धि गरेर ल्याउने भएको छ । आर्थिक मामिला मन्त्रालयले विषयगत मन्त्रालयबाट प्राप्त भएको बजेट सिलिङ अनुसारका योजनालाई एकीकृत गरेर बजेट वक्तव्य निर्माणको काम गरिरहेको जाकारी गराएको छ ।


