जेठ २५ धनगढी । जिल्ला प्रहरी कार्यालय कैललालीले ७ लाख १७ हजार ३ सय मूल्य बराबरको अबैध सामान बरामद गरेको छ ।
बुधबार अन्दाजी १२ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उप–महानगरपालिका वडा नम्बर ०३ बाट भन्सार छली गरि ल्याईएका उक्तमूल्य बराबरको सामान बरामद गरेको हो ।
मोबाईलका डिस्पेले, ब्याग प्यानल, क्ष्उजयलभ ब्याट्री, मोबाईल ब्याट्री, माईक र चार्जर कनेक्टर गरी अन्दाजी ७ लाख १७ हजार ३ सय मूल्य बराबरको अबैध सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी गराएको हो ।
बरामद सामान आवश्यक कारबाहीको लागी त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी गराएको छ ।
Post Views: 142


