जेठ २१ धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँलाई महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पेश गरिको छ । नायव महालेखा परीक्षक पशुपति काफ्ले र निर्देशक कृष्ण खनालले प्रदेश प्रमुख मियाँलाई आर्थिक वर्ष २०७९÷८० को प्रतिवेदन पेश गरेका हुन् । उक्त प्रतिबेदनमा ३९ अर्ब ४३ करोड ९८ हजार ९९ को लेखा परिक्षण गर्दा फर्स्यौट गर्नु पर्ने रकम ३७ करोड ६३ लाख ९१ हजार रहेको उल्लेख गरिएको छ । त्यसमा १५ प्रतिशत अर्थात ५ करोड ७३ लाख ६३ हजार रकम असुल गर्नु पर्ने रहेको छ । ८ करोड ९६ लाख ८८ हजार रकमको प्रमाण कागज पेश नभएको देखिएको छ ।
प्रतिबेदनले ७ करोड ४३ लाख २५ हजार अनियमित भएको ठहर गरेको छ । त्यस्तै १७ करोड ४० लाख ८ हजार नियमित गर्नु पर्ने रकम उल्लेख गरिएको छ भने, ९९ लाख ९५हजार शोधभर्ना नलिएको रकम उल्लेख गरिएको छ । प्रदेश मन्त्रालय तथा निकायमा गरी १ सय ४३ वटामा गरिएको लेखापरीक्षणमा २७ करोड ६६ लाख ५१ हजार बेरुजु देखिएको छ भने,समिति तथा अन्य संस्था गरी १८ वटामा गरिएको लेखापरीक्षणमा ९ करोड ९७ लाख ४० हजार बेरुजु देखिएको छ । प्रदेश मन्त्रालय तथा निकायमा विगतको हाल सम्मको बेरुजु १ अर्ब ९४ करोड ५४लाख १३ हजार रहेको थियो ।
८ करोड ३९ लाख ८९ हजार फर्स्यौट तथा परीक्षण गर्दा विगतका बर्षहरूको कुल बेरुजु १ अर्ब ८६ करोड १४ लाख २४ हजार बाँकी रहेको छ । त्यसमा उक्त आर्थिक वर्षमा २७ करोड ६६ लाख ५१ हजार बेरुजु थप भएको छ । अहिले प्रदेश मन्त्रालय तथा निकायमा २ अर्ब १३ करोड ८० लाख ७५ हजार बेरुजु बाकी रहेको छ । त्यस्तै समिति तथा संस्थामा बिगतका वर्षहरूमा ४४ करोड ६५ लाख ४७ हजार बेरुजु रहेको थियो । त्यसमा १४ लाख ३३ हजार मात्रै फर्स्यौट तथा परीक्षण भएको देखिएको छ । ४४ करोड ५१ लाख १४ हजार बेरुजु बाँकी रहँदा त्यस वर्ष ९ करोड ९७ लाख ४०हजार बेरुजु थप भएको छ ।
अहिले समिति तथा संस्थामा ५४ करोड ४८ लाख ५४ हजार बेरुजु बाँकी देखिएको छ । प्रदेश मन्त्रालय तथा निकाय , समिति तथा संस्थाहरूको बेरुजु २ अर्ब ३९ करोड १९ लाख ६० हजार बाकी रहेको थियो त्यसमा ८ करोड ५४ लाख २२ हजार फर्स्यौट तथा परीक्षण हुँदा २ अर्ब ३० करोड ६५ लाख ३८ हजार बेरुजु बाँकी रहेको थियो । त्यसमा आर्थिक वर्ष २०७९÷०८० को ३७ करोड ६३ लाख ९१ हजार बेरुजु थप हुँदा अहिले सम्म २ अर्ब ६८ करोड २९ लाख २९ हजार रुपैयाँ रकम बाँकी रहेको छ ।
यो वर्ष प्रदेश मन्त्रालय तथा निकाय र समिति तथा अन्य संस्था समेतको र ३९ अर्ब ४३ करोड ९९ लाखको लेखापरीक्षण गर्दा प्रारम्भिक प्रतिवेदनबाट ४० करोड ८५ लाख ४२ हजार बेरुजु देखिएको छ । सो मध्ये प्रतिवेदन अवधि सम्म ३ करोड २१ लाख ५१ हजार बेरुजु फर्स्यौट गराएबाट ३७ करोड ६३ लाख ९१ हजार फर्स्यौट हुन बाकी छ । महालेखाको छैटौँ प्रतिवेदनको ५।१ मा यो वर्षसम्म फर्स्यौट हुन बाकी कुल २ अर्ब ६८ करोड २९ लाख २९ हजार रहेको उल्लख गरिएको छ ।
आर्थिक वर्ष २०७९÷०८० मा प्रतिशतको आधारमा सबै भन्दा धेरै बेरुजु मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको देखिएको छ । रकमका दृष्टिकोणले सबै भन्दा धेरै बेरुजु भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहेको देखिन्छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उक्त बर्ष १६ लाख ७२ हजार बेरुजु देखिन्छ जुन उक्त मन्त्रालयको ३।२७ प्रतिशत हो । यता भौतिक पूर्वाधार विकास मन्त्रालयमा १९ करोड ११ लाख ५८ हजार बेरुजु देखिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ११ लाख ४३ हजार बेरुजु रहेको छ भने आर्थिक मामिला मन्त्रालयमा ३ लाख ६९ हजार बेरुजु देखिएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा ४ करोड ३९ लाख २७ हजार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा २ करोड ६२ लाख ९ हजार, सामाजिक विकास मन्त्रालयमा ९ करोड ९१ लाख ८१ हजार, बेरुजु देखिएको छ । प्रदेश लोकसेवा आयोग र प्रदेश नीति तथा योजना आयोगमा शून्य बेरुजु देखिएको छ । १४३ प्रदेश कार्यालय र १८ अन्य संस्था तथा समितिको लेखापरीक्षण गर्दा ५३ कार्यालयमा बेरुजु नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


