"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमका विभिँन्न स्थानबाट १३ लाखको अवैध सामान बरामद

No data was found

Khabar Raftar

जेठ ०५ धनगढी । सुदूरपश्चिमका बिभिन्न स्थानबाट करिब १३ लाख बराबरको अवैध सामान बरामद गरिएको छ । शुक्रबार र शनिबार कैलाली, कञ्चनपुर र बैतडीबाट अवैध सामान बरामद गरिएको हो ।

शुक्रबार कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर– २ ट्राफिक चौराह , धनगढी उप–महानगरपालिका वडन नम्बर–९ त्रिवेणीघाट र टीकापुर नगरपालिका वडा नम्बर–८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ६० हजार ७ सय ७० रुपैया मूल्य बराबरका सामान बरामद गरिएको हो । प्याज, चिनी, पानी तान्ने मोटर, मिठाई, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यसैगरी शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर– १ भासि, भीमदत्त नगरपालिका वडा नम्बर– १० बिद्युत कार्यालय नजिक, पुनर्वास नगरपालिका वडा नम्बर– ११ डोकेबजार, गुम्बा र बेलडाँडी गाउँपालिका वडा नम्बर– ३ बलराम टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका अन्दाजी ३ लाख ४० हजार २ सय ३० रुपैयाँ बराबरमा सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, मसला, चप्पल, अचार, चामल, नरिवल, फिल्टर, कट्टु, भेष्ट माला, सुटपिस, खुर्सानी, तिल, तावा, प्लाष्टिक झिल्ली, गाडीको क्लोज पिलेट, सिघ्रा मिक्सर मोटर, इलेक्ट्रीक मधानी मेसिन, बोईलर कुखुरा लगायतका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएको हो ।

त्यसैगरी शनिबार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर– ८ मोतियाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ८ लाख ६३ हजार ९ सय मूल्य बराबरको अबैध बोईलर कुखुराको चल्ला ५८ कार्टुन, बिना नम्बर पिलेटको ट्याक्टर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय ट्याक्टर चालक रमेश राना, प्रमोद राना र बसन्त रानालाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको     हो ।

शुक्रबार बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर– ५ कलवाड मोड स्थित गोठालापानी झुलाघाट सडक किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १३ हजार ७ सय ९० रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ ।
चिनी, मिश्री, मिठाई, आटा लगायतका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी गराएको हो ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र