"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोदावरीमा कमसल काम गर्ने ठेकेदारलाई स्थानीयले लखेटे

No data was found

Khabar Raftar

बैशाख २६ धनगढी । कैलालीको गोदावरी नगरपालिकाका स्थानीयले सडक निर्माणमा कमसल काम गर्ने ठेकेदारलाई लखटेका छन । बुधवार बिहान गोदावरी नगरपालिका वडा नम्बर– १ चेतना टोलमा निर्माण भई रहेको सडक कालोपत्रे गर्न कमसल काम भएकार्ले ठेकेदारलाई स्थानीयले लखेटेका हुन ।

स्थानीयले बेस निर्माणको काम मापदण्ड विपरीत भएको भन्दै ठेकेदारलाई काम रोक्न अनुरोध गर्दा पनि ठेकेदारले सबैतिर मिलाइसकेको भन्दै कालोपत्रेको तयारी गर्न थालेपछि स्थानीयले वडाका जनप्रतिनिधि बोलाएर काम रोक्न लगाएका छन । प्राविधिक सहित जनप्रतिनिधि पुगेपछि तताउँदै गरेको अलकत्रा छोडेर ठेकेदार र कामदार भागेको बताईएको छ । गुणस्तरहीन काम गरेको स्पष्ट देखिएकाले काम रोक्न भन्दा उल्टै ठेकेदारले थर्काएको स्थानीय चेतराज जोशीले बताए । सबै चेकजाँच गरेर पास भएको ठेकेदारले दाबी गरेपछि वडाका जनप्रतिनिधिलाई बोलाएको उनले बताए ।

उनले सडकको बेस नमिलाएर माटै माटो हालेर कालोपत्रे गर्न लागिएको बताए । वडाध्यक्ष गोपाल दत्त भट्टले मंगलवार आएका नगरका प्राविधिकले सडकको काम गुणस्तरीय नभएको भन्दै रोक्न लगाइसकेको भए पनि ठेकेदारले मनोमानी तरिकाले काम अगाडि बढाएको बताए । उनले नगरका इन्जिनियर जनक खड्काले राम्रो काम नभएको भन्दै ठेकेदारलाई पत्र पठाइसकेको भए पनि ठेकेदारले काम नरोके पछि आफै आएर काम रोक्न लगाएको बताए ।

उनले सडकमा होलीको रङ हालेजस्तो बेस हालेर गुणस्तरहीन काम भइरहेको बताए । ठेकेदारलाई काम रोक्न भनेपछि भागेको उनले   बताए । वडा कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा २५ लाख बजेट विनियोजन गरेर सडक निर्माणको काम अगाडि बढाएको जानकारी गराउदै उनले गत वर्ष सकिनुपर्ने उक्त सडक चालु आर्थिक वर्षको अन्त्यमा कालोपत्रे गर्न थालिएको भए पनि गुणस्तहिन काम भएकाले राकीएको बताए । १२५ मिटरको उक्त सडक निर्माणका लागि काफली कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको बताउदै उनले सडकमा एकतर्फी नाला निर्माण गरिएको बताए ।

वडाकी सब–इन्जिनियर अनिता धामीले बेसको काम पिचको लागि उपयुक्त नभएको बताइन् । उनले काम गुणस्तरीय नभएकाले रोकेको बताइन् । उनले बेसको थिकनेस पुगे पनि इम्प्रेसन राम्रोसँग नभएको बताइन् । वडा सदस्य गम्भीर साउँदले ढिला भएको काम पनि गुणस्तरहीन भए पछि आफूहरूले काम रोक्न लगाएको बताए । उनले प्राविधिकहरूले पनि काम गुणस्तरहीन भएको भनिसकेकाले यसमा पुन रोलिङ गरेर काम गरिनु पर्ने बताए । उनले सडकको मापदण्ड अनुसार काम भए कुनै अवरोध नहुने बताए । उनले नालीको काम पनि उपयुक्त नभएको बताए ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र