"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पक्राउ पुर्जी जारी भए पनि प्रहरीले सांसद बस्नेतलाई पक्राउ गर्न सकेन

No data was found

Khabar Raftar

बैशाख २० काठमाण्डौ । पक्राउ पुर्जी जारी गरेको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रतिनिधि सभा सदस्य गीता बस्नेतलाई पक्राउ गर्न सकेको छैन । पक्राउ गर्न प्रहरी परिचालन गरे पनि अहिले सम्म सांसद बस्नेतलाई पक्राउ गर्न नसकिएको नवलपुर प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी हुनेवित्तिकै बस्नेत फरार भएको प्रहरीले बताएको छ । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले मंगलबार बस्नेत सहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । भाग्न सक्ने आशंकामा पक्राउ पुर्जी जारी गरिएका अन्य १३ जनाको नाम भने प्रहरीले गोप्य राखेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुर र गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयका वित्तीय विश्लेषक तथा छानबिन कर्ता निर्मल गौतमले अनुसन्धान गरेको छानबिन प्रतिवेदनले सांसद बस्नेतको संरक्षणमा रकम हिनामिना गरेको तथ्य खुलेको हो । बस्नेतले चितवनको सनराइज बचत तथा ऋण सहकारी संस्था, बर्दियाको नमस्ते बचत तथा ऋण सहकारी र नवरपुरको छिपछिपे उपभोक्ता सहकारी संस्थाबाट आफ्ना ज्वाइँ नगेन्द्रबहादुर रिमाल र अन्य साथी मार्फत रकम निकासी गरेर हिनामिना गरेको प्रहरीले जनाएको छ । सांसद बस्नेत समेतको लगानीमा बर्दियाको गुलरियामा सञ्चालित कृष्णसार रिसोटमा नवलपुर, चितवन र बर्दियाका सहकारीको बचत लगानी गरी हिनामिना गरिएको रजिष्ट्रार कार्यालयको अनुसन्धानले देखाएको छ ।

तीनवटा सहकारीबाट बर्दियाको कृष्णसार रिसोर्टमा विनाधितो ऋण प्रवाह भएको पाइएको छ । रिसोर्ट बस्नेतकै जग्गामा भएको देखिएको छ । नगेन्द्रबहादुर रिमाल र सांसद बस्नेतकै योजनामा सहकारीको रकमबाट रिसोर्टको आन्तरिक साजसज्जामा ठुलो लगानी गरेको देखिएको प्रहरी अनुसन्धानले देखाएको छ । सांसद बस्नेतका छोरी ज्वाइँ एवं छिपछिपे सहकारीका सचिव, सनराइज र नमस्ते सरकारीका अध्यक्ष समेत रहेका रिमालले २१ कट्टामा भएको रिसोर्टको संरचना तयार गर्नेक्रममा सहकारीबाट रकम ल्याएर लगानी गर्ने र रिसोर्टबाट प्राप्त हुने नाफा सहकारीमा राख्ने भनि सनराइजबाट ७ करोड र नमस्तेबाट ७ करोड रमक लिएको देखिएको छ ।

छिपछिपे सहकारीमा सञ्चालक समिति र कर्मचारीको मिलेमतोमा बचतकर्ताको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपियाँ हिनामिना भएकाले असुलउपर गरी क्षतिपूर्ति भराउनु पर्ने राय रजिष्ट्रार कार्यालयले दिएको छ । उक्त रकममध्ये अहिलेसम्म एक करोड रुपियाँ बराबरको हिसाब मिलान भएको छिपछिपे सहकारीका अध्यक्ष गोपीकृष्ण शर्माले जानकारी गराए । बचत र ऋणीको गरी एक करोड बराबरको हिसाब मिलान भएको अध्यक्ष शर्माले बताए । तर ठुला ऋणीबाट रकम नउठेको उनले बताए । छिपछिपेले विनाधितो आफ्ना मान्छेलाई ठुलो रकम ऋण प्रवाह गरेकाले सानो रकमका बचतकर्ता भने मारमा परेको बताईएको छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र