"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रानीजमराको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडीयो 

No data was found

Khabar Raftar

बैशाख ०१ धनगढी । राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत कैलालीको कटासेमा निर्मित विद्युत्गृहबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाले जानकी गाउँपालिका वडा नम्बर—९ स्थित कटासेमा निर्माण गरेको विद्युत्गृहबाट उत्पादित ४.७१ मेगाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । पावर हाउसबाट माघ १७ गते उत्पादित विद्युत् लम्कीस्थित प्रसारण केन्द्रबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । पूर्वी कैलालीमा बाह्रैमहिना सिँचाइ सुविधा पु¥याउने उद्देश्यले सुरु गरिएको आयोजनाले पाँच वर्ष देखि विद्युत् उत्पादनको काम सुरु गरेको थियो ।

माघ महिना देखि नियमित विद्युत् उत्पादन गर्दै राष्ट्रिय प्रसारण लाइनमा जडान गरिए पनि विद्युत् प्राधिकरणसँग खरिद सम्झौता हुन नसकेको आयोजनाका इन्जिनियर वीरसिंह धामीले बताए । विद्युत् उत्पादन पुसमा परीक्षण गरेर माघ महिनाबाटै नियमित भइरहेको बताइएको छ । विद्युत् उत्पादनको जिम्मेवारीमा रहेका इन्जिनियर धामीले हालसम्म पनि विद्युत् खरिदबारे सम्झौता हुन नसके पछि अन्योलमा रहेको बताए । यद्यपि विद्युत् नियमित रूपमा उत्पादन भएर लम्कीबाट राष्ट्रिय प्रसारण ग्रिडमा जडान गरेको उनले बताए । कर्णाली नदीको चिसापानीबाट मुख्य इन्टेक मार्फत रानी जमरा कुलरिया सिँचाइ आयोजनामा बग्ने नहरबाट विद्युत् उत्पादन हुने हुँदा एकनासको विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । पश्चिम नेपालमा लमहीयता कटासे एक मात्रै पावर हाउस हो ।

सिँचाइको नहरबाट विद्युत् उत्पादन हुने हुनाले एकनास नियमित विद्युत् उत्पादन हुने इन्जिनियर धामीले बताए । इन्जिनियर धामीले आयोजना र यो क्षेत्रवासीका लागि निकै गौरवको विषय भएको बताए । वार्षिक ४२ मेगावाट विद्युत् ऊर्जा उत्पादन हुने अनुमान गरेको बताउदै उनले आयोजनाका सिनियर डिभिजनल इन्जिनियर टोपबहादुर खत्रीले तराई क्षेत्रको सिँचाइ आयोजना भए पनि सञ्चालन मोडेल स्पष्ट नहुँदा खरिद सम्झौतामा ढिलाइ भइरहेको बताए ।

‘तराई क्षेत्रमा पनि आठ मिटरबराबरको हेड (उचाइ) बाट बिजुली उत्पादन भइरहेको छ, यो निकै खुसीको कुरा हो’, इन्जिनियर खत्रीले भने, ‘सिँचाइ नहरमा पानी उपलब्ध निरन्तर हुँदा बिजुली पनि उत्पादन नियमित हुन्छ, तर यसको सञ्चालन कसले गर्ने रु कसरी गर्ने भन्ने विषय स्पष्ट नभएको हुँदा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता हुन सकेको छैन।’

कैलालीको पूर्वीक्षेत्रमा रानी, जमरा र कुलरिया कुला प्रणालीबाट १४ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। लम्की शाखा नहर निर्माण सकिएसँगै थप ६ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य आयोजनाको छ। आयोजनाका शाखा तथा उपशाखाहरूमा कुलो प्रणाली विस्तारका लागि समेत काम भइरहेका छन्।

झन्डै १ सय ५० वर्षअघिदेखि कर्णाली नदीबाट अस्थायी मुहान निर्माण गर्दै बर्सेनि रानीजमरा र कुलरिया नदीमा पानी ल्याउने गरिन्थ्यो। आयोजनाले पहिलो चरण २०६७÷०६८ देखि २०७४÷०७५ मा विश्व बैंकको १२ अर्ब ३७ करोड ७५ लाख रुपैयाँ लागतमा निर्माणकार्य गरेको छ भने दोस्रो चरण २०७४÷०७५ देखि २०८०÷०८१ मा थप १५ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ छुट्ट्याएको छ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र